Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

९८ दिनपछि लीगमा फर्किएको बार्सिलोनाले मालोर्कालाई ४-० ले हरायो

९८ दिनपछि लीगमा फर्किएको बार्सिलोनाले मालोर्कालाई ४-० ले हरायो

  • सन्देश सम्वाददाता
  • आइतबार, जेष्ठ ३२ २०७७


९८ दिनपछि लीगमा फर्किएको बार्सिलोनाले मालोर्कालाई ४-० ले हरायो

इलाम : कोरोनाका कारण ९८ दिनपछि मैदान फर्किएको बार्सिलोनाले ला लिगा अन्र्तगत मालोर्कालाई ४–० ले हराएको छ। दर्शकविहीन रंगशालामा खेलिएको २८ औ चरणको खेलमा क्याटलान क्लबको जितमा अर्टुरो भिदाल, मार्टिन ब्रेथवेट, जोर्डी अल्बा र लियोनेल मेस्सीले समान १÷१ गोलको योगदान दिए। खेलको ६५ सेकेन्डमै बार्साले सुरुवाती अग्रता लियो। जोडी अल्बाको लेफ्ट फुटर क्रस पासलाई पेनाल्टी एरियामा हेडर मार्फत भिदालले पहिलो गोल गरे। १० खेलपछि भिदालले त्यो पहिलो गोल थियो। ५ जनवरीमा स्पान्योल विरुद्ध खेलको ५९ औ मिनेटमा गोल गरे यता भिदालले कुनै पनि खेलमा गोल गर्न सकेका थिएनन्।
ब्रेथवेटको डेब्यु गोल
मालोर्का विरुद्ध ३७ औ मिनेटमा कप्तान मेस्सीको पासमा ब्रेथवेटले अग्रता दोव्वर बनाए। बार्सिलोनाको लागी ब्रेथवेटको त्यो डेव्यु गोल समेत थियो। लेगानेसबाट १८ मिलियनमा चालु सिजनमा बार्सा आएका ब्रेथबेटले चौथो खेलमा गोलको खाता खोले। पहिलो हाफमा २–० को अग्रता बनाएको बार्साले दोश्रो हाफमा थप २ गोल ग¥यो। ७९ औ मिनेटमा मेस्सीकै असिस्टमा जोडी अल्बाले वान भर्सेस वानको अवस्थामा टिमका लागि तेश्रो गोल गरे। त्यो गोलको निर्णयका लागि भिडियो अस्सिटेन रेफ्री (भार) को सहायता लिइएको थियो।
मेस्सीको जारी सिजनमा २० औ गोल
इन्जुरी समयमा लुइस सुआरेजको असिस्टमा कप्तान मेस्सीले टिमका लागि चौथो गोल गरे। सो गोलसँगै जारी सिजनमा मेस्सीको गोल संख्या २० पुगेको छ। उनी सर्वाधिक गोलकर्ताको सुचीमा शिर्ष स्थानमा छन्। उनी पछि १४ गोलका साथ रियल मड्रिडका करिम बेन्जामले दोश्रो स्थानमा छन्।
बार्सिलोनाबाट राकिटिकको ३ सय क्याप
दोश्रो हाफमा भिदालको स्थानमा प्रवेश गर्दै इभान राकिटिकले बार्सिलोनाबाट ३ सय क्यापको आकंडालाई छोएका छन्। सेभिल्लाबाट २०१४÷१५ को सिजनका लागि बार्सिलोना आएका क्रोएसियनले ३ सय क्यापको आंकडामा प्रवेश गर्दा ३५ गोल गरेका छन्।
सुआरेजको कमव्याक
४ महिना पछि लुइस सुआरेजले कमव्याक गरेका छन्। खेलको ५७ औ मिनेटमा एन्टोनी ग्रिजमेनको स्थानमा उनी मैदान प्रवेश गरेका थिए। गत जनवरीमा स्पेनिस सुपरकोपा अन्र्तगत एथ्लेटिको मड्रिड विरुद्ध सेमीफाइनल खेलपछि उनको दाहिने घुँडाको शल्यक्रिया गरिएको थियो। त्यसपछि चिकित्सकहरुले सुआरेजलाई ४ महिना आराम गर्न सुझाव दिएका थिए। जितसँगै बार्सिलोनाको २८ खेलबाट ६१ अंक भएको छ। एक खेल कम खेलेको रियल मड्रिड ५६ अंकको साथ दोश्रो स्थानमा छ।

प्रतिक्रिया
सम्बन्धित समाचार