Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाममा दोश्रो कोरोना संक्रमित फेला

इलाममा दोश्रो कोरोना संक्रमित फेला

  • लोकल सन्देश
  • शुक्रबार, जेष्ठ ३० २०७७


इलाममा दोश्रो कोरोना संक्रमित फेला

फिक्कल ।  इलाम जिल्लामा कोरोनाको दोश्रो संक्रमित फेला परेको छ । करफोक क्वारेन्टाइनमा रहेको सूर्योदय नगरपालिकाका १८ बर्षिय युवामा कोरोनाको संक्रमण भेटिएको हो । उनी गत जेठ २० गते सिलिगुडीबाट इलाम आएका थिए । उनलाई उपचारको लागि पुर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा रहेको अस्पतालमा पठाइसकिएको स्वास्थ्य कार्यालय इलामका प्रमुख बृजकुमार दासले जानकारी दिए । यसअघि जेठ २७ गते करफोक क्वारेन्टाइनमा नै रहेका २६ बर्षिय युवकमा कोरोनाको संक्रमण देखिएको थियो । उनी जेठ १८ गते इलाम प्रवेश गरेका थिए । उनको पनि गोठगाउँमा उपचार भइरहेको छ । पहिलो कोरोना संक्रमित देखिएकै दिन करफोक क्वारेन्टाइन सिल गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार