Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

यी हुन् कोरोना नदेखिएका इलाम सहित नेपालका ७ जिल्ला

यी हुन् कोरोना नदेखिएका इलाम सहित नेपालका ७ जिल्ला

  • सन्देश सम्वाददाता
  • सोमबार, जेष्ठ २६ २०७७


यी हुन् कोरोना नदेखिएका इलाम सहित नेपालका ७ जिल्ला

इलाम । इलाम सहित नेपालमा कोरोना भाइरसको संक्रमणबाट अब ७ जिल्ला मात्र सुरक्षित रहेका छन् । शनिवार डोल्पा र जाजरकोटमा पनि संक्रमण पुष्टि भएपछि अब नेपालका ७ जिल्ला मात्र संक्रमण रहित रहेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार अहिलेसम्म संक्रमण नदेखिएका ७ जिल्लामा प्रदेश १ का दुई जिल्ला, बागमती प्रदेशको १, गण्डकीका २, प्रदेश ५ को १ र कर्णालीका १ जिल्ला रहेका छन् । प्रदेश १ का १४ जिल्लामध्ये इलाम र ओखलढुंगा मात्र अब कोरोना भाइरसको संक्रमणरहित अर्थात सुरक्षित रहेका छन्। यस्तै बागमती प्रदेशको १३ जिल्लामध्ये रसुवा, गण्डकी प्रदेशको ११ जिल्लामध्ये मनाङ र मुस्ताङ, प्रदेश ५ को १२ जिल्लामध्ये रोल्पा तथा कर्णाली प्रदेशका १० जिल्लामध्ये रुकुम पश्चिममा संक्रमित भेटिएका छैनन्।

नाेट : कालो देखिएको जिल्लामा कोरोना देखिएको छ्रैन् । रातोमा कोरोना देखिएर मृत्यु भएको र पहेलोमा कोरोना देखिएको जिल्ला

प्रतिक्रिया
सम्बन्धित समाचार