फिक्कल । पशुपतीनगर हुँदै घर फर्किएका ८ जना दोलाखाबासीको पीसीआर टेस्ट नेगेटिभ देखिएको छ । आइतबार नेपाल प्रवेश गरेका ६७ जनामध्ये ८ जनाको र्यापिड टेस्ट पोजेटिभ देखिएपछि स्वाब संकलन गरिएको थियो । संकलित स्वाबलाई कोशी अञ्चल अस्पतालमा गरिएको परिक्षणमा रिर्पोट नेगेटिभ देखिएको सूर्योदय नगरपालिका कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन पेमा उगेन लामाले जानकारी दिए ।