इलाम । राष्ट्रिय फुटबल टोलीका पूर्व राष्ट्रिय खेलाडी रञ्जित श्रेष्ठलाई कोरोना भाइसको संक्रमणबाट मुक्त भएका छन् । वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहेका रञ्जितले आइतबार तेस्रो टेष्ट नेगेटिभ आएको हो । उनी सेल्फ आइसोलेसनमा बसेका छन् । झन्डै १० दिन अघि कोरोना पोजेटिभ देखिएपछि उनलाई कम्पनीले नै आइसोलेसनमा राखेको थियो । रञ्जितका अनुसार दोस्रो टेष्ट पनि पोजेटिभ नै आएको थियो । ‘दोस्रो रिपोर्ट पनि पोजेटिभ आएपछि फेरि टेष्ट गरेको थियो । दुबई हेल्थ अथोरिटीबाट नेगेटिभ भनेर म्यासेज आएको छ ।’ उनले भने ।
रञ्जितका अनुसार उनको अर्को टेष्ट पनि गरिएको छ, त्यसको रिपोर्ट आएपछि उनी आफ्नो नियमित बस्ने ठाँउ फर्केका छन् । अहिलेको कोरोना भाइसका कारण केहि पाठ पनि मिलेको रञ्जितले सुनाए । उनी दुबईमा फेडक्सको एरपोर्ट अफिसमा काम गर्दै आएका छन् । कम्पनीले काममा बोलाइनसकेको उल्लेख गरेका रञ्जितले अब केहि दिनमा सल्लाह गरेर फर्कने सोच रहेको बताए । ‘अब अर्को रिपोर्ट आएपछि कम्पनीलाई जानकारी दिन्छु ,’ उनले थपे, ‘त्यसपछि सायद मेरो ड्यूटी टाइम थाहा हुन सक्छ । ‘
रञ्जित अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीको तेस्रो ब्याचका खेलाडी हुन् । उनले नेपाली राष्ट्रिय टिमबाट मर्डेका कप, सन २००९ मा बंगलादेशमा भएको साफ च्याम्पियनसिप र ११ औ दक्षिण एसियाली खेलकुद (साग) गेम खेलेका हुन् । घरेलु फुटबलमा उनले संकटा क्लब, न्युरोड टिम (एनआरटी), थ्रीस्टार, फ्रेन्डस क्लब र झापा–११ बाट व्यवासयिक फुटबल खेलेका रञ्जित नेपाली यू १६ का पूर्व कप्तान हुन् । उनको भाई रुपक श्रेष्ठ पनि सोही व्याचका खेलाडी हुन् ।
https://www.facebook.com/ranjit.stha.71/videos/3289369114459255/