इलाम । प्रदेश सरकार मार्फत इलाममा पनि १२० थान पाेलिमरिस चेन रियेक्सन (पिसीआर) किट आइपुगेको छ । कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्र इलामले प्रदेश सरकारलाई २ हजार किट माग गरेकोमा १२० थान उपलव्ध भएको हो । किट प्राप्त भएपछि आजबाट इलाममा परिक्षण सुरु गरिएको छ । पहिलो दिन इलाम अस्पतालमा कार्यरत ११ जना स्वास्थ्यकर्मीहरुको परिक्षण गरिएको थियो । रिर्पोट ३ दिन पछि प्राप्त हुनेछ । पहिलो चरणमा फ्रन्ट लाइनमा कार्यरत प्रहरी र स्वास्थ्यकर्मी लगायतको परिक्षण गरिने स्वास्थ्य कार्यालयका फोकल पर्सन बिमल बरालले बताए । जिल्लाका १० वटै स्थानिय तहका ६०९ जनाको र्यापिड टेस्ट गरिएको थियो । त्यसैगरी र्यापिड टेस्ट पोजेटिभ देखिएपछि पिसीआर टेस्ट गरिएको थियो । परिक्षण भएका सवैको रिर्पोट नेगेटिभ आएको थियो ।