Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

पूर्व राष्ट्रिय खेलाडी रन्जितलाई कोरोना संक्रमण

पूर्व राष्ट्रिय खेलाडी रन्जितलाई कोरोना संक्रमण

  • सन्देश सम्वाददाता
  • सोमबार, बैशाख २९ २०७७


पूर्व राष्ट्रिय खेलाडी रन्जितलाई कोरोना संक्रमण

इलाम । पुर्व राष्ट्रिय फुटबल खेलाडी रन्जित श्रेष्ठलाई कोरोना भाइरसको संक्रमण भएको छ । फेसबुक भिडियो मार्फत उनले आफुलाई कोरोना संक्रमण भएको र हाल सेल्फ आइसोलेसनमा रहेको बताएका छन् ।  वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहेका रञ्जितले भनेका छन्, ‘मलाई कोरोनाको पोजेटिभ छ । तर खासै त्यस्तो केही जस्तो त भएको छ्र्रैन । तातोपानी खान्छु व्यालेन्स डाइटमा बसिरहेको छ ।’

अहिले आफनो अवस्था सामान्य रहेको उनले बताए । कोरोना भाइरसका कारण आतिनुपर्ने केही नभएपनि कहिलेकाहीं सुख्खा खोकी लाग्ने गरे पनि हाल खाना खाने र जगिङ गर्ने गरेको उनले सुनाए । उनले आफ्ना शुभचिन्तकहरुलाई नआत्तिन समेत भनेका छन् ।

https://www.facebook.com/ranjit.stha.71/videos/3267728636623303/

उनले भने, ‘नडराउनु होला । डराउनुपर्ने छैन नर्मल लिदा हुन्छ ।’ उनले आफ्नो पहिलो परीक्षणमा पोजेटिभ देखिएको र दोस्रो परीक्षणमा आउने नतिजा बारे जानकारी गराउने बताए । झापा स्थायी घर भएका रञ्जित अखिल नेपाल फुटबल संघ एन्फा एकेडेमीको दोश्रो ब्याचका उत्पादन हुन् । उनले नेपाली राष्ट्रिय टिमबाट मर्डेका कप, सन २००९ मा बंगलादेशमा भएको साफ च्याम्पियनसिप र ११ औ दक्षिण एसियाली खेलकुद (साग ) गेम खेलेका हुन् । घरेलु फुटबलमा उनले संकटा क्लब, न्युरोड टिम (एनआरटी), थ्रीस्टार, फ्रेन्डस क्लब र झापा–११ बाट खेलेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार