Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पशुपतीनगर क्वारेन्टाइनमा रहेका ३६ जनाको र्‍यापिड टेस्ट नेगेटिभ

पशुपतीनगर क्वारेन्टाइनमा रहेका ३६ जनाको र्‍यापिड टेस्ट नेगेटिभ

  • सन्देश सम्वाददाता
  • बिहिबार, बैशाख २५ २०७७


पशुपतीनगर क्वारेन्टाइनमा रहेका ३६ जनाको र्‍यापिड टेस्ट नेगेटिभ

पशुपतीनगर । इलामको सूर्योदय नगरपालिकाले नेपाल भारत सिमाको बजार पशुपतीनगरमा रहेको क्वारेन्टाइनमा राखिएको ३६ जनाको र्‍यापिड टेस्ट गरिएको छ । टेस्टमा सवैको रिर्पोट नेगेटिभ आएको हो । क्वारेन्टाइनमा रहेको सूर्योदय नगरबासी तथा जिल्लका अन्य स्थानिय तह र अन्तर जिल्लाका ३३ जनालाई परिक्षणपछि नियम अनुसार होम क्वारेन्टाइनका लागि घर पठाइएको छ । सूर्योदय नगरपालिका–२ पशुपतीनगरमा २ स्थानमा क्वारेन्टाइन बनाइएको छ । जसमा ५८ जनालाई राखिएको छ ।


प्राथमिक स्वास्थ्य केन्द्र पशुपतीनगरमा २४ महिला र २ जना पुरुष गरी २६ जनालाई राखिएको छ । त्यसैगरी सार्वजनिक आधारभुत विद्यालयमा २९ जना पुरुषलाई क्वारेन्टाइनमा राखिएको छ । सिमा क्षेत्र भएकाले पशुपतीनगरमा उच्च सतर्कता अपनाइएको छ । चेकजाँच स्थलमा नगर प्रमुख रणबहादुर राई, वडा नं १३ का अध्यक्ष नरबहादुर सुवेदी, नगर प्रमुखका स्वकिय सचिव दिपेश राई लगातयको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार