Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

बिपतमा परेका आफ्ना नगरबासीलाई उद्धार गर्दै माई नगरपालिका

बिपतमा परेका आफ्ना नगरबासीलाई उद्धार गर्दै माई नगरपालिका

  • लोकल सन्देश
  • बिहिबार, बैशाख १८ २०७७


बिपतमा परेका आफ्ना नगरबासीलाई उद्धार गर्दै माई नगरपालिका

माई । कोरोना भाईरस रोकथामका लागि सरकारलेगरेको लागि लकडाउन पछी बिभिन्न स्थानमा अलपत्र परेकाहरुलाई माई नगरपालिकाले उद्धार गरि होम क्वारेन्टाईनमा राख्न थालेको छ । काम तथा अध्ययनका शिलशिलामा बाहिरि जिल्लामा रहेका माई नगरपालिका भित्रका बासिन्दाहरुलाई नगरपालिकाले उनीहरु बसेकै स्थानबाट घर सम्म ल्याउन थालेको हो ।
बुधबार मात्र झापामा अलपत्र परेका २० जनालाई नगर प्रमुख र उपप्रमुखको गाडीमा राखी होम क्वारेन्टाईमा बस्ने गरि ल्याईएको माईका स्वास्थ्य संयोजक पुष्कर कट्टेलले जानकारी दिए । लकडाउन शुरु भए संगै नेपालका बिभिन्न जिल्लामा अलपत्र बसेका माईका नागरिकहरुलाई घर–घर पु¥याइरहेको संयोजक कट्टेलले बताए । अहिले माईमा १ सय ५१ जना होम क्वारेन्टाईनमा रहेका छन ।अलपत्र परेका माईका नागरिकहरुलाई मेयर दिपक कुमार थेबे आफै घर–घर सम्म ल्याउन सक्रिय रहेका छन् ।
माईका नागरिकहरुले कहि कतै अलपत्र नपरुन भन्दै नगर प्रमुख थेबेले उद्धारका लागि मातहत निकायहरुलाई समेत निर्देशन दिएका छन् । बिपन्नलाई खाध्यान्न अभाब हुन नदिन मेयर थेबे आफै वडा वडामा गई नागरिकहरुको स्वास्थ्य अबस्था र खाध्य अबस्था बुझन समेत थालेका छन् । यसै बिच उदयपुर र भारतमा बसेर भर्खरै माई नगरपालिका आएका एक युवति र एक पुरुषको आज र्‍यापिड टेस्ट गरिएको छ । यापिड टेस्टमा दुबैको नेगेटिभ रिर्पोट आएको स्वास्थ्य संयोजक कट्टेलले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार