Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

रोङ स्तरीय परिक्षाको नतिजा सार्बजनिक

रोङ स्तरीय परिक्षाको नतिजा सार्बजनिक

  • गणेश अर्याल
  • बुधबार, बैशाख १७ २०७७


रोङ स्तरीय परिक्षाको नतिजा सार्बजनिक

रोङ : इलामको रोङ गाउपालिकाले पालिका स्तरीय परीक्षाको नतिजा सार्बजनिक गरेको छ । आज गाउँपालिका स्तरीय परिक्षा समितिको बैठक बसी नतिजा सार्बजनिक गरिएको हो । कक्षा ८ को परिक्षामा सामेल भएका जम्मा २ सय २५ जना बिद्यार्थी मध्ये शान्तिपुर माबि शान्तिपुरका अनिश चाम्लिङ राई ३ दशमलब ६९ जिपीए ल्याउदै रोङ पहिलो भएका छन् । त्यसैगरी शान्ति निकेतन कुटिडाँडाका निश्चल सुबेदी र शंकर आधारभूत बिद्यालय मार्सेका रुजा आचार्यले समान ३ दशमलब ६० जिपीए ल्याउदै रोङ दोश्रो भएको परिक्षा समितिका सदस्य सचिब एव रोङ गाउँपालिका शिक्षा शाखाका प्रमुख ज्ञान बहादुर कार्कीले बताए ।
त्यसैगरी कक्षा ५ को परिक्षाको पनि नतिजा आजै सार्बजनिक गरिएको छ । प्रकाशित नतिजा गाउँपालिकाको वेभसाइड http://www.rongmun.gov.np/ मा गएर नतिजा हेर्न सकिने गाउँपालिका शिक्षा शाखा प्रमुख कार्कीले बताए । कक्षा ५मा भने १ सय ८७ जना बिद्यार्थी सहभागि भएका थिए । प्रकाशित नतिजामा डि प्लस भन्दा कम नतिजा ल्याउनेले माथिल्लो कक्षामा भर्ना हुन नपाउने तथा कुनै बिषयको नजितामा चित्त नबुझी पुन योग गर्न चाहेमा बिद्यालयको सिफारिसमा नगद रु ३ सय सहित साखामा सम्पर्क गर्न सकिने पनि शाखाले जनाएको छ ।
यसै बिच कक्षा ८ को प्रकाशित नतिजामा शंकर आधारभूत बिद्यालयबाट सामेल भएका सबै बिद्यार्थीले ३ जिपीए भन्दा माथी ग्रेड ल्याएका छन् । प्रकाशित ग्रेडसिट भने नेपाल सरकारले जारी गरेको लकडाउन खुल्ला भएपछि सम्बन्धीत बिद्यालयमा पठाइने पनि शिक्षा साखाले प्रकाशित गरेको सूचनामा जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार