देउमाई । कोरोना भाइरस नियन्त्रणका लागि इलामको देउमाई नगरपालिकाले तयारीलाई तिब्रता दिएको छ । सरकारले घोषणा गरेको लकडाउनलाई कार्यान्वयनमा देउमाई नगरपालिकाले तिब्रता दिँदै अहिले विपद् व्यवस्थापनका कामलाई तिब्रताका साथ काम गरिररहेको हो । जनप्रतिनिधि, प्रहरी र स्वास्थ्यकर्मी ,उद्योगी, समुदाय एक भएर कोरोना भाइरसका विरुद्ध एक भएर काम भइरहेका छन् । कोरोना भाइरस निन्यन्त्रणका लागि नगरपालिकाले सरकारले लकडाउन घोषणा गरेसँगै आफ्ना कामहरु अघि बढाएको थियो ।
नगरपालिकाको आपतकालिन समिति
कोरोना भाइरस कोविड–१९ को रोकथाम तगा नियन्त्रणका लागि देउमाई नगरपालिकाले आपतकालिन समिति गठन गरेको छ । २०७५ साल चैत्र १४ मा नगर प्रमुख सूर्यप्रसाद पोखरेलको संयोजकत्वमा आपतकालिन गठन गरेको थियो । समितिमा राजनीतिक दलका प्रतिनिधि, उद्योगी व्यवसायी, प्रहरी, स्वास्थ्यकर्मीको सहभागिता रहेको छ ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत गजेन्द्रराज एक्तेन सदस्य सचिव रहेको समितिमा, वडाध्यक्ष दावा तमाङ्ग र राजेन्द्र बास्तोला, इञ्जिनियर प्रतिक दवाडी, प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर मंगल बहादूर यल्मो, सुचाना अधिकृत गोविन्दराज बास्तोला सदस्य रहेका छन् । त्यस्तै उद्योग बाणिज्य संघ मंगलबारेका अध्यक्ष तारा थापा, पूर्व अध्यक्ष मात्रिका घिमिरे, स्वास्थ्य शाखा प्रमुख लेखनाथ तामाङ्ग, र इलाका प्रहरी कार्यालय मंगलबारेका प्रमुख राजकिशोर साहा सदस्य रहेका छन् ।
आपतकालिन समितिका काम
कोरोना भाइरस रोकथाम तथा नियन्त्रण तथा आपतकालिन समिति गठन भएपछि सरकारले घोषणा गरेको लकडाउन कार्यान्वयनको प्रभावकारीतासँगै नगर क्षेत्रमा नियमित अनुगमन र स्वास्थ्य सन्देश प्रचार प्रसारको काम गर्दै आएको छ । समितिको बैठकले तीन महिनाको लागि आवश्यक खाध्यान्नको आपूर्ती गर्ने निर्णय गरेको र त्यहि अनुसार खाध्यान्न आपूर्तीका लागि ढुवानीका गाडिहरु पासको व्यवस्था गरि आपुर्ती गरिएको प्रमुख सूर्य पोखरेलले बताए ।
समितिले स्वास्थ्य क्षेत्रमा आवश्यक ३ महिनाका लागि औषधिको व्यवस्था गरिएको सदस्य सचिव गजेन्द्रराज एक्तेनले जानकारी दिए । समितिले ५० वेडको क्वारेन्टाइन निर्माणको काम गरिररहेको छ । समितिले देउमाई नगरपालिकाको भानुभक्त माध्यमिक विद्यालयमा क्वारेन्टाइन निर्माणको काम गरिएको छ । भानुभक्त माध्यमिक विद्यालयमको क्वारेन्टाइनमा अहिले २ महिला सहित १९ जनालाई राखिएको छ ।
नगरपालिका भित्र बैदेशिक रोजगारीबाट आएका व्यक्तिहरुलाई होम क्वारेन्टाइनमा बस्न आवश्यक सचेतनामुलक काम गरिरहेको छ ।
नगरस्तरीय समितिसँगै देउमाई नगरपालिकामा वडा र टोलस्तरीय कोराना नियन्त्रण समिति गठन गरिएको छ । वडामा वडाध्यक्षको नेतृत्वमा टोलमा वडासदस्यको नेतृत्वमा समिति गठन गरिएको सुचना अधिकृत गोपाल बास्तोलाले बताए । देउमाई नगरपालिकामा वैदेशिक रोजगारीबाट आएका ३५ जनामध्ये २९ जनाको आरडिटी परिक्षण गरिएको र बाँकीको दोस्रो चरणमा परिक्षण गरिने नगरपालिकाले जनाएको छ ।
२ सय ६८ परिवारलाई राहात
लकडाउनका बेला विपन्न, आर्थिक अवस्था कमजोर भएका र श्रमीकहरुलाई राहात वितरण गरिएको छ । नगरपालिकाले संघीय सरकारको कार्यविधि अनुसार २ सय ६८ परिवारलाई राहात वितरण गरिएको हो । नगरपालिकाको वडा एकमा ३३ परिवार, २ नम्बर वडामा २५ परिवार, ३ मा ३७ परिवार, ४ मा ३६ परिवारलाई राहात वितरण गरिएको हो ।
त्यस्तै नगरपालिकाको वडा नम्बर ५ मा २७ परिवार, ६ नम्बर वडामा १६ परिवारलाई, वडा नम्बर ७ मा ३५ परिवारलाई, ८ नम्बर वडामा २८ परिवारलाई र ९ मा २१ परिवारलाई राहात वितरण गरिएको छ । नगरपालिकाले २ जनाको परिवारलाई १५ केजि चामल, डेढ केजी दाल, एक लिटर तेल, एक केजि चिनी, एक केजी आयोडीन नुन र एक÷एक वटा लुगाधुने र नुहाउने साबुन वितरण गरिएको छ । नगरपालिकाले दुई देखि ५ जना भएको परिवारलाई ३० केजि चामल, ३ केजी दाल, २ लिटर तेल, २ केजि चिनी, २ केजी आयोडीन नुन र एक÷एक वटा लुगाधुने र नुहाउने साबुन वितरण गरेको थियो ।
५ जना माथि परिवार संख्या रहेको परिवारमा ३७ केजि चामल, ३ दशमलव ७५ केजी दाल, साढे दुई लिटर तेल, साढे दुई केजि चिनी, २ केजी आयोडीन नुन र एक÷एक वटा लुगाधुने र नुहाउने साबुन वितरण गरिएको छ ।
सुरक्षा सामग्री सहित स्वास्थ्यकर्मी तयारी अवस्थामा
देउमाई नगरपालिकामा कोरोना भाइरसको संक्रमण बढेसँगै व्यक्तिगत सुरक्षा सामग्री सहित स्वास्थ्यकर्मीहरु पनि तयारी अवस्थामा छन् । नगरपालिकाले स्वास्थ्य सामग्रीहरु जुटाउन काम गरेसँगै स्वास्थ्यकर्मीहरु तयारी अवस्थामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर डाक्टर मंगल बहादूर यल्मोले बताए । अहिले नगरपालिकाले २० वटा पिमिई, पन्ध्र सय सर्जिकल माक्स, ५ सय वटा सेनिटाइजर र २ थान थर्मल गन जुटाएको छ । प्राथमिक स्वास्थ्य केन्द्रकी डाक्टर स्वर्णिमा रिजालका अनुसार लकडाउनका बेला पनि नियमित स्वास्थ्य सेवा स्वास्थ्य केन्द्रले सर्वसाधारणलाई दिइरहेको छ ।
पिमिई, सेनिटाइरको व्यवस्था गरि र सामाजिक दुरी कायम गरेर स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ । मंगलबारे प्राथमिक स्वास्थ्य केन्द्रमा अहिले दैनिक ५० जनासम्म बिरामीले नियमित स्वास्थ्य उपचारका लागि आउने गरेको अहेव नारायण राउतले बताए । प्राथमिक स्वास्थ्य केन्द्रले नियमित रुपमा प्रदान गरिने खोप सेवा पनि शुरु गरेको छ ।
नगरको आपतकालिक कोष
नगरपालिकाले कोरोना भाइरसको नियन्त्रणका लागि आपतकालिन कोष बनाएको छ । जसमा नगरपालिकाले १० लाख रुपैयाँ विनियोजन गरेको छ । त्यसमा विभिन्न दाताहरुबाट रकम रकम जम्मा गर्ने क्रम बढेको छ । नेपाल राष्ट्रिय सिंक्षक संगठनबाट २० हजार, साहारा नेपालबाट ५० हजार, जिवन विकासबाट ३० हजार, राष्ट्रिय वन पैदावार व्यवसायी संघबाट २० हजार सहयोग जुटेको छ ।
नगर तीन नाकामा हेल्प डेक्स

कोरोना भाइरस नियन्त्रणको अभिया अन्तरगत नगर क्षेत्रका तीन नाकामा हेल्प डेक्स स्थापना गरिएको छ । स्वास्थ्यकर्मी, प्रहरी र नगरको कर्मचारी गरि एक÷एक जना हेल्प डेक्समा राखिएको हो । हेल्प डेक्स नगरपालिकाको ३ गाग्रभञ्ज्याङ्ग, ८ को बुद्धचौक र ५ को धुसेनीमा राखिएको छ । रोग भित्रन नदिन सुरक्षा व्यवस्था पनि कडा बनाएको छ । इलाका प्रहरी कार्यालय मंगलबारेका प्रमुख राजकिशोर साहाका अनुसार कार्यक्षेत्र भित्र पर्ने क्षेत्रमा लकडाउन पालनका लागि सुरक्षा व्यवस्था सुदृढ बनाइएको छ ।