Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसमा पूर्वप्रधानमन्त्री खनालको शुभकामना

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसमा पूर्वप्रधानमन्त्री खनालको शुभकामना

  • सन्देश सम्वाददाता
  • बुधबार, बैशाख १० २०७७


नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसमा पूर्वप्रधानमन्त्री खनालको शुभकामना

इलाम । आज बैशाख ९ गते । नेपाल कम्युनिष्ट पार्टीको ७१औँ स्थापना दिवस । यो ऐतिहासिक अवसरमा पूर्वप्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता झलनाथ खनालले कम्युनिष्ट पार्टीका संस्थापक महासचिव तथा संस्थापक नेताहरुलाई उच्च सम्मानका साथ स्मरण गरेको बताए । सबै नेता, कार्यकर्ता र शुभेच्छुकमा कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा शुभकामना दिर्दैै नेता खनालले भने ‘ कम्युनिष्ट आन्दोलनलाई अहिलेको उच्चाईसम्म पुर्याउँन जिवनको आहुति गर्ने महान शहिदको सपना हामी भुल्ने छैनौ, उहाँहरुले देखाएको बाटो नेकपाले भुल्नुहुँदैन ।’
विश्व कोरोनाको महामारीमा फसेको भन्दै नेता खनालले विस्व स्वास्थ्य संगठनको निर्देशन पालनगरि यो माहामारीबाट सबैलाई बच्न आहवान गरे । नेता खनालले भने ‘यो बन्दाबन्दीमा प्रत्यक्ष्य असर गरिब, मज्दुर, किसानलाई परेकोले उहाँहरुको समस्या सुन्न सरकारलाई आग्रह गर्दछु ।’ यो महामारीमा अग्रपंतीमा रहेर काम गर्ने चिकित्सक, सुरक्षा कर्मी र पत्रकारको भुमिकाको खनालले प्रशंसा गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार