Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

कोरोना भाइरसका कारण रोकिएको खोप सेवा इलाममा नियमित गरिने

कोरोना भाइरसका कारण रोकिएको खोप सेवा इलाममा नियमित गरिने

  • सुजन तिमल्सिना
  • बुधबार, बैशाख १० २०७७


कोरोना भाइरसका कारण रोकिएको खोप सेवा इलाममा नियमित गरिने

इलाम । कोरोना भाइरसका कारण आधारभूत स्वास्थ्य सेवा प्रभावित भएपछि सरकारले खोप सेवा शुरु गर्न निर्देशन दिएसँगै इलाममा खोप सेवा शुरु गरिने भएको छ । कडाउनका कारण नियमित खोप सेवाबाट बालबालिका वञ्चित भएपछि सरकारी निर्णयपछि इलाममा नियमित खोप सेवा सुरु गरिने भएको हो । सस्वास्थ्य सेवा विभाग महामारी बिच पनि नियमित खोप सेवा रोक्नु नपर्ने निर्देशन दिएकाले इलामका सबै खोप केन्द्रमा खोप सेवा प्रदान गरिने स्वास्थ्य कार्यालय इलामका प्रमुख वृजकुमार दासले बताए । जन्मिएको १५ महिनामा १२ किसिमको खोप दिइन्छ ।
नियमित खोप सेवा अवरुद्ध भए वा छुटाए कोरोना भन्दा पनि अन्य संक्रामक रोगका कारण बालबालिकाको ज्यान जाने खतरा रहने भएकाले खोप सेवा लाई निरन्तरता दिएको प्रमुख दासको भनाइ   छ ।
इलाममा पाँच वर्ष भित्रका ३० हजार बालकालिकाले नियमित खोप लगाउँदै आएका छन् । क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस, हेमोफिलस, पोलियो, निमोनिया, जापानिज इन्सेफलाइटिस, दादुरा र रुबेलाको खोप जन्मेदेखि १५ महिनाभित्र लगाइसक्नुपर्ने प्रमुख दासले बताए ।
लकडाउनका कारण हिँडडुल गर्न रोक लगाइएको र भ्याक्सिन पनि पर्याप्त नभएको जनाउँदै खोप सेवा सञ्चालन अवरुद्ध हुन पुगेपनि नियमित खोप कार्यक्रम शूरु गरिने स्वास्थ्य कार्यालय इलामले जनाएको छ ।

खोप सेवा प्रभावित हुँदा बाल मृत्युदर जोखिम हुने विज्ञको भनाइ छ । नियमित खोप सुरु गर्ने निर्णय भए पनि विशेष खोपअन्तर्गत दादुरा र रुबेलाविरुद्धको खोप सेवा भने तत्कालै सञ्चालन नहुने स्वास्थ्य सेवा विभागले जनाएको छ ।
कोरोना भाइरस महामारी सम्बन्धमा सरकारले अन्तरिम निर्दे्शिका जारी गरे पनि स्वास्थ्य संस्थाबाट सेवा प्रवाह सुचारु गर्न सकेका छैनन् । निर्देशिकामा पनि कोरोना भाइरसको उपचार गर्ने अस्पतालबाहेक अन्य स्वास्थ्य संस्थाले नियमित आधारभूत स्वास्थ्य सेवा दिनुपर्ने उल्लेख छ । अहिले प्रतिहजार जीवित जन्ममा र नवजात शिशु मृत्युदर २३ छ । त्यस्तै, शिशु मृत्युदर भने शिशु ३३ रहेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार