Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माङ्सेबुङ्गमा होम क्वारेन्टाइनमा रहेका १९ जनाको आर डि टि टेस्ट

माङ्सेबुङ्गमा होम क्वारेन्टाइनमा रहेका १९ जनाको आर डि टि टेस्ट

  • सन्देश सम्बाददाता
  • मंगलबार, बैशाख ९ २०७७


माङ्सेबुङ्गमा होम क्वारेन्टाइनमा रहेका १९ जनाको  आर डि टि टेस्ट

माङ्सेबुङ्ग । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको कार्यक्रम अन्तरगत माङ्सेबुङ्गमा होम क्वारेन्टाइनमा रहेका १९ जनाको सोमबार र्‍यपिड टेस्ट गरिएको छ । चैत्र १० र ११ गतेसम्म वैदेशिक रोजगारबाट आफ्नो घर आएका १९ जना व्यक्तिहरुलाई गाउँपालिकाको अनुरोधमा होम क्वारेन्टाइनमा रहेका १९ जनाको किटबाट परिक्षण गरिएको हो ।
माङसेबुङ गाउँपालिका वडा नं. २ मा अवस्थित इभाङ स्वास्थ्य चौकीमा स्वास्थ्य कार्यालय इलामको सहयोगमा सम्पन्न भएको गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोले बताए । उक्त परिक्षण कार्यक्रममा सहभागी भएका सबैको नतिजा नेगेटिभ आएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार