Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माईजोगमाईमा र्‍यापिड टेस्ट सुरु, १ स्पेनिस नागरिक सहित १० को परिक्षण सम्पन्न

माईजोगमाईमा र्‍यापिड टेस्ट सुरु, १ स्पेनिस नागरिक सहित १० को परिक्षण सम्पन्न

  • रोशन काफ्ले
  • बिहिबार, बैशाख ४ २०७७


माईजोगमाईमा र्‍यापिड टेस्ट सुरु, १ स्पेनिस नागरिक सहित १० को परिक्षण सम्पन्न

माईजोगमाई । माईजोगमाई गाउँपालिकामा र्‍यापिड टेस्ट सुरु गरिएको छ । गाउँपालिकाको कार्यालयमा सुरु भएको टेस्टमा हालसम्म १० जनाको टेस्ट गरिएको छ । जसमा १ जना स्पेनिस , १ जना भारतिय नागरिक र अन्य ९ जना विभिन्न देशबाट आएका गाउँपालिकाका बासिन्दाहरु रहेका छन् । टेष्टबाट कसैमा पनि कोरोनाको संक्रमण पोजेटिभ नदेखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । महामारी रोग नियन्त्रण इलामका संयोजक विमल बरालको नेतृत्व गएको टोलीले माईजोगमाईमा कोरोनाको परिक्षण गरेको हो ।


अरु विदेशबाट आएकाहरुको सोयाङको स्वास्थ्य चौकी टेस्ट गरिने भएको छ । विदेशबाट घर फर्किएर आएकाहरुको स्वास्थ्य कार्यालयको सहयोग ¥यापिड टेस्ट गरिने गाउँपालिका अध्यक्ष जितबहादुर राईले जानकारी दिए । उनले कोरोनाको जोखिम बढिरहेको अवस्थामा सरकारले लागु गरेको लकडाउन पुर्ण पालनाका लागि अपिल गरेका छन् । उनले आफु स्वास्थ्य रहँदै समाजलाई स्वास्थ्य बनाउन आग्रह गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार