Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

र्‍यापिड टेस्टमा इलामका कसैमा पनि देखिएन कोरोना पोजेटिभ

र्‍यापिड टेस्टमा इलामका कसैमा पनि देखिएन कोरोना पोजेटिभ

  • सन्देश सम्वाददाता
  • बुधबार, बैशाख ३ २०७७


र्‍यापिड टेस्टमा इलामका कसैमा पनि देखिएन कोरोना पोजेटिभ

इलाम । इलामका क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको कोरोना भाइरस (कोभिड–१९) को परीक्षण नेगेटिभ देखिएको छ । जिल्लाका ५ वटा स्थानिय तहका ९२ जनामा गरिएको र्‍यापिड डाइगोनोस्टिक टेष्टबाट कसैमा पनि कोरोनाको संक्रमण पोजेटिम नदेखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालय इलामका प्रमुख बृजकुमार दास अनुसार रोङ गाउँपालिकामा ६९ जना, माई नगरपालिका ८ जना, सूर्योदय नगरपालिकाका ७ जना, चुलाचुली गाउँपालिकामा ५ जना र इलाम नगरपालिकाका ३ जनामा आरडीटी गरिएको थियो ।
प्रदेश १ सरकार मार्फत इलाममा र्‍यापिड डाइगोनोस्टिक टेष्ट किट आइपुगेपछि स्वास्थ्यकर्मीको टोलीले विगत ४ दिन देखि क्वारेन्टाइनमा बसेकाहरुको परिक्षण थालिएको थियो । लकडाउनको समयमा बाहिरबाट आएका र बाहिरी मासिनको सम्पर्क पछि क्वारेन्टाईनमा बसेका मानिसको स्वास्थ्यकर्मीले क्वारेन्टाइनमै पुगेर स्वास्थ्य परीक्षण गरेका थिए । र्‍यापिड टेष्टमा भने कोभिड १९ ले संक्रमण गरेको शरीरले उत्पादन गर्ने ‘एन्टीबडी’को मात्रा परीक्षण गर्ने गरेको छ। यो परीक्षण प्रविधि पीसीआरभन्दा कम विश्वसनीय हुन्छर्। यापिड टेष्टमा पोजेटिभ देखाएपनि पुष्टिका लागि पीसीआर परीक्षण गर्नैपर्ने हुन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार