Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

आजबाट खाली भयो माई नगरपालिकाको क्वारेन्टाइन

आजबाट खाली भयो माई नगरपालिकाको क्वारेन्टाइन

  • तेजबहादुर घिमिरे
  • बुधबार, बैशाख ३ २०७७


आजबाट खाली भयो माई नगरपालिकाको क्वारेन्टाइन

माई । कोरोना भाईरस (कोभिड-१९) संक्रमण आशंकामा माईको गरुवा बहुमुखी क्याम्पसमा राखिएका क्वारेन्टाइन आजबाट खाली भएको छ । क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा राखिएको ८ जनाको आरडीटी रिर्पोट नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएको छ । स्वास्थ्य कार्यालयबाट इलामबाट गएको टोलीले क्वारेन्टाईनमा रहेका छ जना र क्वारेन्टाईनमा पन्ध्र दिन अवधि पुरा गरी घर गएका २ जनाको परिक्षण गर्दा कोरोना नेगेटिभ रिर्पोट आएको थियो ।
महामारी रोग नियन्त्रण इलामका संयोजक विमल बराल र ल्याव टेक्निसियन निलेश ठाकुर सहित गएको टोलीले मंगलबार आरडिटी परिक्षण गरेको थियो । क्वारेन्टाईनमा राखिएका सबैको स्वास्थ्यमा समस्या नभएको स्वास्थ्य संयोजक पुष्कर कट्टेलले जानकारी दिए। माईको क्वारेन्टाईनमा एक महिला सहित छ जना बस्दै आएका थिए । उनीहरु सबैलाई आ–आफ्नै घर सम्म पुयाईएको छ ।
गत चैत्र ११ गतेबाट सञ्चालनमा ल्याईएको माईको क्वारेन्टाईन बुधबारबाट भने खाली भएको छ । कोरोना संक्रमणमको आंशका गरिएका तथा भारत र तेस्रो मुलुकबाट आएका १७ जनालाई बिभिन्न समयमा गरुवा बहुमुखी क्याम्पस माईको सुबिद्या सम्पन्न क्वारेन्टाईनमा राखिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार