इलाम : लकडाउन लम्बिएसँगै देशभरका निर्माण व्यसाय संकटमा परेको छ । मजदुरहरुको अभावमा अहिले आयोजनास्थल सुनसान बनेको हुन् । जसले गर्दा निर्माण क्षेत्र र श्रम बजारमा असर परेको छ । इलाम जिल्लामा मात्र ढलानका लागि तयारी गरिएका इलामका १२ खोलाका पुल अलपत्र अवस्थामा छन् । जसले गर्दा राज्यको करोडौँ रुपैया क्षति हुने अवस्था पुगेको हो । लकडाउन लम्बिएसँगै वर्षात नजिकिँदा खोला थुनेर ढलान गर्न ठिक्क पारिएका पुलमा करोडौँ क्षति हुने भएपछि निर्माण व्यवसायी समस्या परेका छन् ।
इलामका १० वटै स्थानिय तहमा रहेका तीनै तहका सरकारका आयोजनाहरु अहिले ठप्प छन् । विकासका आयोजनाका काम रोकिदा धेरै जसो मजदुरहरु आ आफनो घर गइएको अवस्था छ । आर्थिक बर्ष सकिन ३ महिना मात्र बाँकी रहँदा कोरोनाको असरले सम्पुर्ण अर्थतन्त्र नै धरासायी अवस्था पुग्ने खतरा बढेको छ । सबैभन्दा बढि असर बहुबर्षे ठेक्का प्रक्रियामा गएका भन्दा चालु आर्थिक बर्षमा नै सम्पन्न गनुपर्ने आयोजनाहरु अलपत्र पर्ने अवस्था देखिन्छ । निर्माण व्यवसायी संघ इलामका अध्यक्ष सुवास चिपालु सरकारले सबारी पास र डिजेलको व्यवस्था गरे विकासका आयोजनाको काम सुचारु गर्न तयार रहेको बताएका छन् । उनले निर्माण व्यवसायीहरु स्रोत साधन र मजदुरलाई आवश्यक पर्ने सुरक्षाको प्रवन्धको लागि तयार रहेको बताए ।
विगत बर्ष देखिनै निर्माणको काम फागुन देखी जेठसम्म द्रुत गतिमा चल्दै आएको छ । यहि समयमा कोरोनाका कारण काम ठप्प हुँदा निर्माण व्यवसायीहरुमा असर परेको छ । यस बिषयमा इलामको विकास निर्माणमा परेको असरको बारेमा निर्माण व्यवसायी संघ इलामका अध्यक्ष सुवास चिपालुसँग गरिएको भिडियो कुराकानी :