इलाम, । इलाम र झापाको सिमानामा पर्ने जोरकलसको वरिपरि वृक्षारोपण गरिएको छ । आज ३५ औँ वीपी स्मृति दिवसको अवसर पारेर जोरकलसको असपासको क्षेत्रमा मसला जातका बोटहरु रोपिएको हो ।
रोङ गाउँपालिका–४ को आयोजनामा वडा अध्यक्ष सूर्य राईको नेतृत्वमा गरिएको वृक्षारोपण कार्यक्रममा पर्यटन सूचना केन्द्रका कर्मचारी, किटेनी प्रहरी चौकीको टोली, जोरकलश बजार व्यवस्थपन समितिका पदाधिकारी, होटल व्यवसायी लगायतको उपस्थितिमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।
वृक्षारोपणका लागि नमुना सामुदायिक वन, वुद्धशान्ति र रोङ गाउँपालिकाले विरुवा उपलव्ध गराएको थियो ।