Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सूर्योदय नगरपालिकालाई गर्याे उद्याेग वाणिज्य संघले सहयोग

सूर्योदय नगरपालिकालाई गर्याे उद्याेग वाणिज्य संघले सहयोग

  • सन्देश सम्वाददाता
  • मंगलबार, बैशाख २ २०७७


सूर्योदय नगरपालिकालाई गर्याे उद्याेग वाणिज्य संघले सहयोग

फिक्कल । कोरोनाको जोखिमबाट न्युनिकरणका लागि सूर्योदय नगरपालिकालाई सूर्योदय नगर उद्योग वाणिज्य संघले व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) र नगद सहयोग गरेको छ । बाणिज्य संघले १० थान पिपिई र २५ हजार रुपैया सहयोग प्रदान गरेको हो ।
संघका अध्यक्ष प्रमोद राई, बरिष्ठ उपाध्यक्ष चन्दन अग्रवाल र सदस्य सुरेन पौडेलले नगर प्रमुख रणबहादुर राईलाई ६२ हजार मुल्य बराबरको पिपई र २५ हजार रुपैयाको चेक प्रदान गरेका हुन् । कोरोना विरुद्ध आफ्नो ज्यानको पर्वाह नगरी लडिरहने स्वास्थ्यकर्मीहरुको सहजताको लागि पिपिई र नगर क्षेत्रका विपन्नहरुको खाध्यान्न लगायत अन्य सुविधाका लागि नगद प्रदान गरिएको वाणिज्य संघका अध्यक्ष प्रमोद राईले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार