Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

तत्काल राहत वितरण गर्न सूर्योदय नगरपालिकालाई काँग्रेसको ध्यानार्कषण

तत्काल राहत वितरण गर्न सूर्योदय नगरपालिकालाई काँग्रेसको ध्यानार्कषण

  • सन्देश सम्वाददाता
  • शनिबार, चैत्र २९ २०७६


तत्काल राहत वितरण गर्न सूर्योदय नगरपालिकालाई काँग्रेसको ध्यानार्कषण

फिक्कल । कोरोनाका कारण नगरबासीहरु भोकभोकै रहेको अवस्था सूर्योदय नगरपालिकाले राहत वितरण नगरेको भन्दै नेपाली काँग्रेस नगर समितिले ध्यानार्कषण गराएको छ । नगर सभापति मणी कुमार गुरुङले जारी गरेको प्रेस विज्ञप्तीमा लकडाउनको १९ औ दिन वितिसक्दा पनि कुनै प्रकारको राहत वितरण स्थानिय सरकारको तर्फबाट नहुनु र नागरिकहरु भोकभोकै बस्नुपर्ने परिस्थित रहेको बताइएको छ । सहयाेगकाे लागि एकद्वार प्रणाली लागु गरेर सरकारले कानुनी रुपमा सम्पुर्ण अधिकार आफुमा सिमित गरेर बर्तमान अवस्थामा भाेकभाेकै जीवन जिउने परिस्थित अाएकाे नागरिकहरुकाे जिवन रक्षा गर्ने दायित्व राज्य भएकाे बताइएकाे छ । सूर्योदय नगरका तर्फबाट विपन्न र गरिव नागरिकहरुको पहिचान गरी विना भेदभाव तत्काल राहत वितरण गरी नागरिकको जिउन पाँउने अधिकार सुनिश्चित गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार