अहिले कोरोनाको जोखिम बढ्दै गएपछि विश्वका धेरै देशहरु लकडाउनको अवस्थामा छन् । यस्तो अवस्थामा अहिले नेपालमा समेत लकडाउनले २ साता नाघेको छ । छिमेकी देश भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै जाँदा नेपालमा उच्च सतर्कता अपनाइएको छ । खुल्ला सिमाका कारण नेपालमा जोखिम बढेपछि अहिले सिमामा कडाई गरिएको छ । भारतको दार्जिलिङसँग सिमा जोडिएको इलाममा सुरक्षा र कोरोना सतर्कता सम्वन्धी भइरहेको तयारीको बारेमा यस अनलाइनका प्रधान सम्पादक सुजन तिमसिनाले इलाममा प्रमुख जिल्ला अधिकारी एवम विपद व्यवस्थापन समितिका संयोजक तुलसी राम सेडाईसँग गरेको कुराकानी
इलाममा लकडाउन कार्यान्वनको अवस्था कस्तो छ ?
इलाममा लकडाउनका कार्यान्वयनका लागि सुरक्षा निकाय, प्रशासन स्थानिय सरकारको सक्रियतामा पुर्ण कार्यान्वयन भइरहेको छ । यदाकदा मानिहरु आवतजावत नभएकोभ सुनिन्छ यदपी अत्यावश्यक सेवाका लागि निस्कनु स्वभाविक मान्नुपर्छ । सडकमा विनापासका गाडी गुडेका छैनन् । अत्यावश्यक सामाग्रीको सवारी समेत व्यवस्थित गरेका छौ । नेपाल भारतको सिमा क्षेत्रमा निगरानीको संयन्त्र बनाएका छौ । गाडी आवतजावत हुँदैन ।
मेची राजमार्गको मुखमा रहेको इलाममा अत्यावश्यक सामाग्रीको अवस्था कस्तो छ ?
हामीले प्राप्त जानकारी अनुसार ३÷४ महिनालाई पुग्ने सामाग्री इलामका बजारमा छ । गाउँगाउँबाट मात्र नभई वडा वडाका संयन्त्रबाट समेत यहि जानकारी पाएका छौ । यदाकदा सामाग्री भण्डार गर्न चाहनेहरुको लागि निर्वाध रुपमा उहाँहरुलाई आपुर्तिका लागि प्रोत्साहित गरेका छौ । यहाँ खाध्यान्नको मात्र नभई स्वास्थ्य सामाग्रीको पनि अभाव छैन् । यसबारे हालसम्म कहिबाट पनि गुनासो छैन् ।
खुल्ला सिमा भएपनि मुख्य नाकामा सुरक्षाको पहुँच बढि भएपनि साना नाकाहरुमा सुरक्षाको लागि कस्तो प्रवन्ध छ ?
इलाम पहाडी जिल्ला भएकाले केही कठिनाइ पक्कै छ । सिमा क्षेत्रमा प्रहरी चौकी, अस्थायी चौकीहरु धेरै पहिलाबाट रहेका छन् । बिओपीको रुपमा शसस्त्र प्रहरीको टोलीले २÷३ दिनेदेखि अरु ४ वटा साना नाकाहरुमा सुरक्षा खटाइरहेको छ । जिर्मले, समाल्वुङ, हिले, छव्वसी मानेभञ्ज्याङ, सन्दकपुर लगायतका साना नाकाहरुमा अहिले शसस्त्र प्रहरी बल र नेपाल प्रहरीले संयुक्त रुपमा राती पनि हुन सक्ने जोखिमका लागि पेट्रोलिङ गरेका छौ ।
स्थानिय तहका नागरिकहरुमा सचेतना जगाउनका लागि मानव वस्ती रहेको ठाउँमा फ्ल्याक्स बोड मार्फत जानकारीहरु प्रदान गरिरहेका छौ । नेपाल प्रवेश गर्ने नयाँ मान्छेको जानकारी दिनका लागि सुचना सहितको बोड हामीले राखेको हौ । अहिले नियन्त्रणमा सहजभ एको छ । केही दिन पहाडी जिल्लाका जोगि जातका नागरिहरु भारतका सिक्किम लगायतका भारतका विभिनन ठाउँहरुबाट आ आफना काम गरि फर्कदा यहि संयन्त्र मार्फत जानकारी प्राप्त गरी क्वारेन्टाइनमा राखेका छौ । स्थानिय तह वडा स्तरिय संयन्त्रसँगको सहकार्यमा कामहरु सम्पन्न भइरहेका छन् ।
१० वटै स्थानिय तहका सरकारहरुसँगको समन्वय कस्तो भइरहेको छ ?
नेपाल सरकारले अहिलेको कोभिड–१९ संक्रमणलाई रोकथामका उपचारको क्रममा लकडाउनका घोषणा ग¥यो । त्यसका लागि प्रमुख जिल्ला अधिकारीलाई सुरक्षा लगायत आवश्यक प्रवन्ध गर्नका लागि तोकेको अवस्थामा आफना कार्य एक तर्फ गरेका छौ भने स्थानिय तहका सरकारहरुले मसते आफनो तर्फबाट विपत व्यवस्थापनका लागि छुट्टै कार्यक्रम बनाएर वडा वडासम्म लाग्नुभएको छ । पालिकाहरुको समन्वय गर्ने जिल्ला समन्वय समिति, स्थानिय सरकारका प्रमुख, सुरक्षा संयन्त्रका प्रमुखहरुसँग निरन्तर छलफल र मिटिङहरु भइरहेका छन् ।
जिल्लामा अहिले पेट्रोलियम पर्दाथको अवस्था कस्तो छ ?
जिल्लामा अहिले निजि तवरबाट स्थापना भएका ३ वटा पम्पहरु छन् । आयाल निगमको पम्प इलाममा छैन् । त्यसका लागि जिल्ला स्तरिय विपद व्यवस्थापन समितिले यहाँको स्थितीलाई अवलोकन गरेर अत्यावश्यक महसुस गरेका डिजेल २ हजार न्युनतम भएपछि र पेट्रोल १ हजार लिटर भएपछि स्थानिय प्रशासनको अनुमतिमा वितरण गर्ने । त्यसभन्दा बढि भएको अवस्थामा अत्यावश्यक सामाग्री लिन जाने सवारी, एम्बुलेन्स, संचारकर्मी, स्वास्थ्यकर्मीले प्रयोग गर्ने सवारीमा निर्वाध रुपमा पाउनुपर्छ भनेर भनेका छौ । अहिलेको अवस्थामा यहाँको भण्डारण सकिएको छ । जहाँ नेपाल आयल निगमले उपलव्ध गराउँछ त्यसहाँबाट भण्डारण गर्न सम्वन्धित पम्पलाई जानकारी गराएका छौ ।
अन्त्यमा संक्रमणबाट सचेत रहन आम नागरिकलाई के भन्नुहुन्छ ?
यो विश्वकै समस्या भएको सन्र्दभ र हाम्रो इलामकै परिप्रेक्षमा हेर्नुहुन्छ भने इलामेली जनता सचेत हुनुहुन्छ शिक्षित हुनुहुन्छ । विगत १५÷१६ दिनको लकडाउनको अवस्थामा सचेत भएको देखाउँछ । म एक मात्र के आग्रह गर्दछु भने यो रोगको एक मात्र उपचार भनेको सरकारले पालना गरेको लकडाउन हो । जहाँ अन्य व्यक्तिसँग सम्र्पक नगर्नु, आफना घर परिवार भित्र विरामीको शंका लागे तुरुन्त स्वास्थ्यकर्मीसँग सम्र्पक गर्नु, उपचारको विधी लागौ यसले नै रोग लाग्नबाट बचाउँछ । भारतसंग लामो सिमा जोडिएको सम्वन्धमा भारतमा संक्रमणको अवस्था दिनैपिछे बढेको अवस्थामा नेपाल सुरक्षितको भान परेर आउनेहरु नेपाली र नेपाली मुलका भारतिय लाई सचेत गराएर उपचार गरौ । यसले नै कोरोनाको जोखिम रोक्छ । यसको पालना गर्न सम्पुर्ण इलामबासीमा अनुरोध गर्न चाहन्छु