Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाममा ११ बेडको आइसोलेसन कक्ष निर्माण

इलाममा ११ बेडको आइसोलेसन कक्ष निर्माण

  • सन्देश सम्वाददाता
  • बिहिबार, चैत्र २७ २०७६


इलाममा ११ बेडको आइसोलेसन कक्ष निर्माण

इलाम । कोरोना भाइरसको नियन्त्रणका लागि इलाममा ११ बेडको आइसोलेसन उपचार कक्ष निर्माण गरिएको छ । सदरमुकाम समेत रहेको इलाम नगरपालिकाको केन्द्रमा रहेको जिल्ला समन्वय समितिको भवनमा आइसोलेसन उपचार कक्ष निर्माण गरिएको हो । ५० शैयाको इलाम अस्पतालमा दुई बेडको आइसोलेसन उपचार कक्ष बनाइएपनि नपुग्ने भन्दै ९ बेड थपिएको हो । जिल्ला समन्वय समितिको नयाँ भवनमा अक्सिजन, भेन्टिलेटर सहितको ९ बेडको आइसोलेसन कक्ष निर्माण गरिएकोे हो ।
इलाम नगरपालिका, जिल्ला स्तरीय कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापन समिति र इलाम अस्पतालले आइसुलेसन उपचार कक्ष निर्माण गरेको समितिका सुचना अधिकारी सफल पोर्तेलले जानकारी दिए । उनका अनुसार जिल्लाका २ हजार ६ सय १२ परिवारलाई राहत वितरण गरिसकिएको छ । ‘अहिले जिल्लामा स्वास्थ्यकर्मीहरुका लागि ८० थान पिपिई उपलव्ध गराएका छौ । यदपी पर्याप्त भने छैन । समितिको दोश्रो बैठकले जिल्ला समन्वय समितिको नयाँ भवनमा ९ बेडको आइसोलेसन बेड निर्माण गर्ने निर्णय गरिएको छ ।’
आइसोलेसन कक्ष व्यवस्थापनको काम सकिएको र उपचारका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मीको जनशक्ति पनि तयारी अवस्थामा राखिएको इलाम अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले बताए । कोरोना भाइरस सक्रमित बिरामी देखा परेमा उपचारका लागि अस्पतालले ¥यापिड रेस्पोन्स टिम बनाइएको छ । उपचारमा खट्ने ¥यापिड रेस्पोन्स टिममा अस्पतालका मेडिकल अधिकृत, स्टाप नर्स सहित चार जनाको टोली छ । जिल्ला स्तरीय कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापन समितिका सुचना अधिकारी सफल पोर्तेलका अनुसार इलाममा हालसम्म कोराना संक्रमित बिरामी भेटिएको छैन । कोभिड–१९ को संक्रमित देखिए तत्काल उपचारका लागि अस्पताल लग्नका लागि एम्बुलेन्स समेत तयारी अवस्थामा राखिएको पोर्तेलले बताए ।
फ्रान्सबाट आएकी युवतीलाई कोरोना संक्रमण देखिएपछि उनीसँगै यात्रा गरेका इलामका दुई युवाको स्वाब परिक्षण गरिएपनि रिपोट नेगेटिभ देखिएकोछ । कोरोना भाइरस नियन्त्रणका लागि इलाममा २ सय ४७ वेडको संस्थागत क्वारेन्टाइन निर्माण गरिएको छ । इलामका संस्थागत क्वारेन्टाइनमा २७ जना र बिदेशबाट आएका ३ सय ८८ जनालाई होम क्वारेनटाइनमा राखिएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार