इलाम । झापाको केचना कवलदेखि ताप्लेजुङ्गसम्म जोड्ने मेचीराजमार्ग अहिले सुनसान छ ।
कोराना भाइरस फैलन नदिन सरकारले लकडाउन घोषणा गरेसँगै राजमार्ग सुनसान भएको हो ।

लकडाउनका शुरुका दिन केहि निजी यातायातका साधन चलेपनि अहिले राजमार्ग पूर्ण रुपमा सुनसान रहेको छ ।
दैनिक सात हजार बढी सवारीसाधन चल्ने राजमार्गमा अहिले अत्यावश्यक सावारीसाधन मात्रै चल्दै आएका छन् ।
मेची राजमार्गगले झापा, इलाम, पाँचथर र ताप्लेजुङ्ग गरि चार जिल्लाबासीलाई जोड्दै आएको छ ।

राजमार्गमा अहिले एम्बुलेन्स, तरकारी ढुवानी गर्ने, पिकअप, दूग्ध ढुवानी गर्ने ट्याङ्कर र दैनिक उपभोग्य सामग्री ढुवानी गर्ने ट्रकहरु गुड्दै आएका छन् ।

दैनिक उभोग्य सामग्री, स्वास्थ्य सामग्री, अभाव हुन नदिन जिल्ला प्रशासन कार्यालयबाट सवारीसाधनको पास लिएका सवारीसाधन राजमार्गमा संचालनमा आएका हुन् ।