म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाकी आमाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । ग्वार्डिओवलाकी ८२ वर्षीया आमा डोलर्स साला कारियोका को सोमबार बार्सिलोनामा निधन भएको हो । ट्विटर मार्फत सिटिले ग्वार्डिओलालाई मातृ शोक परेको पुष्टि गरेको हो । ट्विटरमा भनिएको छ “म्यानचेस्टर सिटी परिवार बार्सिलोनाको मानरेसामा पेपकी आमा डोल्र्स साला कारियोको कोरोना भाइरसको कारण मृत्युको खबर अत्यन्त दुःखी छ ।’ उक्त विज्ञप्तिमा भनिएको छ ।
Everyone associated with the club sends their most heartfelt sympathy at this most distressing time to Pep, his family and all their friends.
— Manchester City (@ManCity) April 6, 2020
“क्लबसँग सम्बद्ध सबैले यस अत्यन्तै कष्टकर अवस्थामा पेप, उनको परिवार र सबै साथीहरूलाई आफ्नो हार्दिक सहानुभूति पठाउँदछौ । “ ग्वार्डिओलाले गत महिना मात्रै कोरोनाविरुद्धको अभियानका लागि एक मिलियन युरो सहयोग गरेका थिए । उनले एउटा भिडियो सन्देशमार्फत आफ्ना फ्यान र शुभचिन्तकहरुलाई यो संकटको घडीमा घरमै बसेर समर्थन गरिरहन अपिल गरेका थिए। उनले समर्थकहरुलाई घर बाहिर ननिस्किइ डाक्टर, विशेषज्ञ र नर्सहरुसँग परामर्शमा रहिरहन पनि अपिल गरेका थिए। विश्वभर अहिले सवै जसो खेलकुद गतिविधीहरु ठप्प छन् । कोरोनाको कारण ज्यान गुमाउनेको सुचीमा स्पेन दोश्रो स्थानमा छ । त्यहाँ १३ हजार भन्दा बढिले ज्यान गुमाएका छन् ।