Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

चीनमा कोरोनाविरुद्धको भ्याक्सिन सफल परीक्षण

चीनमा कोरोनाविरुद्धको भ्याक्सिन सफल परीक्षण

  • सन्देश सम्वाददाता
  • आइतबार, चैत्र २३ २०७६


चीनमा कोरोनाविरुद्धको भ्याक्सिन सफल परीक्षण

काठमाडौं : चीनमा आविष्कार गरिएको कोरोना भाइरस (काेभिड–१९) को सुई (भ्याक्सिन) लगाएका चिनियाँ स्वय्मसेवकहरुको पहिलो टोली स्वस्थ रहेको बताइएको छ। सुई लगाएपछि १४ दिने क्वारेन्टाइनको बसाईंमा उनीहरु सबै स्वस्थ रहेको डेलीमेलले जनाएको छ। उहानमा गरिएको उक्त पहिलो परीक्षणमा भाग लिएका १४ जना स्वय्मसेवक फिर्ता भएका हुन्।
शुक्रबारसम्म १०८ जना स्वय्मसेवकहरुमध्ये १८ जनाले सबै स्वास्थ्य परीक्षण गरिसकेको छन्। सबै स्वास्थ्यसेवकहरुलाई छ महिनासम्म वैज्ञानिकहरुले निगरानीमा राख्नेछन् र पछि उनीहरुको रगतको नमूना लिएर एन्टीबडिज्लाई शुक्ष्म रुपमा अनुसन्धान गरिनेछ। यदि यो सुई प्रभावकारी र भरपर्दो भएको पत्ता लागेमा वैज्ञानिकहरुले विदेशमा थप अनुसन्धान गर्ने बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार