कन्याम । कोरोना भाइरस निन्त्रणका लागि विश्व अहिले एकजुट भएको छ । नेपालमा पनि कारोना भाइरसका सक्रमित बिरामी भेटिएसँगै सरकारले चैत्र १० गतेबाट देश पुर्णरुपमा लकडाउनमा छ ।

सरकारले लकडाउन गरेसँगै नागरिकहरु आ–आफ्नो घर भित्रै रहेका छन् । लकडाउनका कारण देशको आर्थिक क्षेत्रमा पनि ठुलो प्रभाव पारेको छ ।
भ्रमण वर्ष शुरुवात भएपनि अहिले सबै कार्यक्रम स्थगित भएका छन् । कोराना भाइरसले देशको पर्यटन क्षेत्रपनि नराम्रोसँग प्रभावित भएको छ ।

आन्तरिक पर्यटकको भिड हुने नेपालका पर्यटकीयस्थल मध्ये कन्याम अहिले सुनसान रहेको छ । दैनिक १० हजारसम्म पर्यटकको आवागमन हुने कन्याम क्षेत्र अहिले सुनसान रहेको छ ।
हरियो चियाबारीले ढाकिएको कन्याम क्षेत्रमा अहिले पास लिएका सवारीसाधनहरु हिड्ने गरेका थिए । दायाँबायाँ राजमार्ग रहेको कन्याम चिया बगानमा नेपाल र भारतका सयौँ पर्यटकहरु भ्रमणका लागि आउने गरेका थिए ।
कोरना भाइरस फैलन नदिन सूर्योदय नगरपालिकाले कन्याम क्षेत्रका सबै पसल र घोडचढी व्यवसाय पनि बन्द गरेको छ ।
लकडाउनका कारण सुनसान रहेपनि हरियो चियाको मुनाले कन्याम हरियालीले छरिएको छ ।