फिक्कल । कोरोना (कोभिड–१९) बाट पर्न सक्ने प्रभावलाई न्युनिकरणको लागि सूर्योदय नगरपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषमा सूर्योदय नगर प्याब्सनले आर्थिक सहयोग गरेको छ । प्याब्सन विकास कोषबाट नगरको विपद व्यवस्थापनका लागि ५० हजार रुपैया प्रदान गरिएको हो । प्याब्सन नगर अध्यक्ष लाकेल लामाले उपप्रमुख दुर्गादेवी भट्टराईले चेक प्रदान गरे ।
नगरले सम्पूर्ण उद्योगी,व्यवसायी लगायत इच्छुकहरुमा यस महामारी रोकथामका लागी अपिल गरेको छ । नगरले सहयोग गर्न चाहने इच्छुकहरुले राष्ट्रिय बाणिज्य बैङ्क स्थित ‘सूर्योदय नगरपालिका (विपद व्यवस्थापन कोष)’ को खाता नं २१००३०५००४९४०२ मा नगद जम्मा गरी सहयोग गर्न अपिल गरेको छ ।