मंगलबारे । इलामको देउमाई नगरपालिकाले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि अग्रपंतीमा खटीएका स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी र नगरपालिकाका कर्मचारीलाई बिभिन्न स्वास्थ्य सामग्री बितरण गरेको छ । नगरपालिकाले कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि नगर क्षेत्रमा खटिएका स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी र नगरपालिकाका कर्मचारीहरूकालागि सर्जिकल मास्क पीपीई तथा सेनिटाईजर वितरण गरेको हो ।
बुधबार इलाका प्रहरी कार्यालय मंगलबारे , प्राथमिक स्वास्थ्य केन्द्र ,स्वास्थ्य चौकी चमैता ,वडा कार्यालय १ र २ तथा सहरी स्वास्थ्य चौकी साब्जुङ ,प्रहरी विट नेपालटार र प्रहरी चौकी रक्सेमा उक्त सामग्री वितरण गरिएको नगरपालिकाका सूचना अधिकारी गोबिन्द बास्तोलाले जानकारी दिए । बिहीबार अन्य वडाको स्वास्थ्य चौकीमा उक्त सामग्री वितरण गरिने जनाईएको छ ।