एजेन्सी । धेरै जसो युरोपेली देशले आफना नागरिकलाई क्वारेन्टाइनमा राखेर सिमा बन्द गरिरहँदा बेलारुसका राष्ट्रपति अलेक्ज्यान्डर लुकाशेन्को चिन्तित छैनन् । र नागरिकहरुलाई रोगसँग लड्का लागि भोड्का पिउन सल्लाह दिइरहेको समाचार वासिङटन पोष्टले प्रकाशन गरेको छ । विश्व कोरानो जोखिमले सचेतना अपनाइरहँदा बेलारुसलाई भने त्यसको चिन्ता छ्रैन् । नियमित झै बेलारुस प्रिमियर लिग संचालन बन्यो ३ हजार दर्शको बिचमा । यसले सबैजसो बिदेशी समर्थकको ध्यान आकृष्ट गरेको छ । फुटबल सिजन जारी रहेको बेलारुस युरोपकै एकमात्र देश हो ।

गत सप्ताहन्तको शनिबार मात्रै शीर्ष डिभिजनका ६ खेल आयोजना भएका थिए । जसमा एफसी मिन्स्क र डाइनामो मिन्स्कबीचको खेल पनि थियो । बेलारुसको राजधानीमा ३ हजार दर्शकबीच त्यो खेल खेलाइएको हो । ९५ लाख जनसंख्या भएको पुर्व सोभियत गणराज्यमा कोरोनाबाट १ सय कम घटना भएको र कसैको पनि मृत्यु भएको छैन । बेलारुस फुटबल संघका प्रवक्ता अलेक्जान्दर अलेइनिकले हरेक खेलअघि कोरोनाबारे सावधानी अपनाइएको जानकारी दिए । ‘खेलकुद मन्त्रालयले जारी गरेको मापदण्ड अनुसार हामीले काम गरिरहेका छौं । समर्थकसँग प्रत्यक्ष सम्पर्कमा आउनेहरुले मास्क र पन्जा लगाउनेछन,’ उनले बीबीसीसँग भने । स्र्पोट्स पोटर्ल ‘गोल’ का अनुसार, लिईएका केहि उपायहरू मध्ये एक थर्मल क्यामेराको प्रयोग हो जसले दर्शकहरूलाई रंगशालामा जानुभन्दा पहिले ज्वरो आएको छ कि छैन भनेर बताउँछ ।

रुख ब्रेस्ट र एनर्जेटिक–बीजीयू मिन्स्कको बीचको खेल भन्द अगाडी खेलाडीहरूले ‘हामी विश्वको लागि खेल्दैछौं’ भन्ने टिसर्ट लगाएका थिए । यस निर्णयले बेलारुस फुटबल महासंघलाई रसिया, इजरायल र भारतलगायत १० देशका स्पोर्ट नेटवर्कसँग प्रसारण सम्बन्धी सुरक्षित सम्झौतामा मद्दत पु¥याएको छ । अलेनिकीले यसलाई ‘अभुतपुर्व अवस्था’ भने छन् । ।