नेपाल भारत सिमा क्षेत्रमा माईजोगमाई गाउँपालिकाले स्वास्थ्य चेकजाँच अभियानलाई तिव्र रुपमा अगाडी बढाएको छ । गाउँपालिका र स्वास्थ्य शाखाले विकट क्षेत्रका जनताहरुलाई कोरोनाको प्रकोपबाट बचाउनका लागि घुम्ती रुपमा चेकजाँच कार्य अगाडी बढाइरहेको गाउँपालिका अध्यक्ष जितबहादुर राईले बताए ।

उनका अनुसार ४ दिन अघिबाट गाउँपालिकाको बिकट मानिएको सिमा क्षेत्र तुम्लिङ, गुराँसे, मेग्मा क्षेत्रमा २ जना स्वास्थ्यकर्मीले करिव ७० भन्दा बढि स्थानिय बासिन्दाहरुको स्वास्थ्य चेकजाँच गरेका थिए । यो अभियान कोरोनाको जोखिम रहुनजेलसम्म गाउँपालिकाको स्वास्थ्य सेवाको पहुँच भन्दा बाहिर रहेका ग्रामिण क्षेत्रमा संचालन गरिने राईले बताए ।
