Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

दार्जिलिङमा पनि देखियो पहिलोपटक कोरोना संक्रमण

दार्जिलिङमा पनि देखियो पहिलोपटक कोरोना संक्रमण

  • सन्देश सम्वाददाता
  • आइतबार, चैत्र १६ २०७६


दार्जिलिङमा पनि देखियो पहिलोपटक कोरोना संक्रमण

भारतको दार्जिलिङमा पनि कोरोना भाइरसबाट संक्रमित व्यक्ति फेला परेका छन्। यहाँका लागि यो पहिलो घटना हो। दार्जिलिङको कालेबुङ जिल्ला निवासी ४५ वर्षीय महिलालाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको हो। कोरोना भाइरसको लक्षण देखिएपछि ती महिलालाई उत्तर बंगाल मेडिकल कलेज तथा अस्पताल (नर्थ बंगाल मेडिकल कलेज एन्ड हस्पिटल) भर्ना गरिएको थियो।
उनको नमुना परीक्षणको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको जानकारी अस्पतालले शनिबार दिएको हो। अस्पताल सूत्रका अनुसार संक्रमित ती महिला केही दिनअघि चेन्नइबाट फर्केकी थिइन्। हाल उनको उपचार त्यही अस्पतालमा भइरहेको छ। यसैबीच पश्चिम बंगालमा कोरोना संक्रमितको संख्या १८ पुगेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार