इलाम । इलाम अस्पतालका ५० जना स्वास्थ्यकर्मीलाई माईभ्याली फुटबल क्लबले पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्टउपलव्ध गराउने भएको छ । कोरोनाको महामारीबाट विश्व आक्रान्त भइरहको अवस्थामा ज्यान जोखिममा राखेर काम गर्ने स्वास्थ्यकर्मी कमलसल मास्कको भरमा काम गर्नु परेको अवस्थालाई मध्यनजगर गर्दै पिपिई उपलव्ध गराउने क्लबका अध्यक्ष धिरेन चेम्जोङले विज्ञप्ती जारी गर्दै बताए । क्लबले ५५ हजार मुल्य बराबरको ५० जना स्वास्थ्यकर्मीलाई पिपिई उपलव्ध गराउने छ ।
‘ हाम्रो देश नेपाल त्यसमा पनि इलाम अस्पतालको अवस्था हामी सबैलाइ थाहा भएकै छ । तथापी इलाममा आइपर्ने महामारीको विरुद्द यहाँका स्वास्थ्यकर्मीहरु कमसल मास्कको भरमा दिन रात जुधिरहनु परेको छ ।’ क्लबका अध्यक्ष धिरेन चेम्जोङले भने यस्तो अवस्थामा स्वास्थ्यकर्मीहरुको जीवन रक्षाको बारेमा हामीले पनि सोंच्नु पर्ने अवस्थालाइ मध्यनजर गरि ११ सय रुपैया प्रति गोटाको ५० थान पिपिई इलाम अस्पतालका ५० जना स्वास्थ्यकर्मीहरुलाई माईभ्याली फुटबल क्लबले उपलव्ध गराउने छ ।’
५० शैय्याको इलाम अस्पतालमा हाल १५ बेडलाई क्वारेन्टाइन बनाएर संचालन गरिएको छ । जिल्ला विभिन्न ठाउँमा कोरोनाको आशंका देखिएका बिरामी इलाम अस्पतालले अन्य सुविधा सम्पन्न अस्पताल तर्फ रेफर गर्ने गरेको छ । हालसम्म वैदेशिक रोजगार र भारतबाट फर्किएकाहरुमा जोखिम देखिएको छैन ।