माई । कोरोना भाईरस (कोभिड १९) संक्रमण प्रबेशमा रोक लगाउन माई नगरपालिका इलामले आज चैत्र ११ गते मंगलबारबाट माई नगर प्रबेश गर्ने सबैको स्वास्थ्य परिक्षण गर्ने भएको छ । कोरोना भाईरसको संक्रमण प्रबेश नगरोस भन्नलाई माई नगरपालिकाको प्रबेशद्धारहरुमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, नगरपालिकाका कर्मचारी र स्यंमसेवक रहने गरी हेल्थ डेक्स राखिने भएको माई नगरपालिका स्वास्थ्य शाखा संयोजक पुष्कर कट्टेलले जानकारी दिए ।
हेल्थ डेक्स अन्र्तगत झापा हुँदै आउनेहरुका लागि सुखानीको पर्यटकीय स्थलमा ब्यबस्था गरिएको छ । कसैमा कोरोना शंका लागे उपचारमा पठाउने गरी प्रबन्ध गरिएको कट्टेलले जानकारी दिए । यसै गरी साठीमुरे, रागापानी, पलासे लगायतका मुख्य आवतजावत हुने स्थानमा समेत हेल्थ डेक्स राख्दै कोरोनाको जोखिम न्युनिकरण गर्ने उनले बताए ।

सोमबार माई नगरपालिकामा बसेको सर्बपक्षिय बैठकले युवा सशक्तिकरण, रेडक्रस लगायतको सकृयतामा गाँउ गाँउमा प्रचार प्रसारलाई तिब्रता दिने, सार्बजनिक स्थानमा साबुन र सेनिटाईजरको ब्यबस्था गर्ने गरी हात धुने ब्यबस्था गर्ने, मास्क बितरण गर्ने लगायतका निर्णय भएको नगर उपप्रमुख विष्णुमाया आर्चायले जानकारी दिइन् ।