विश्वमा कोरोना (कोभिड–१९) को त्रास बढेसंगै इलामका स्थानिय तहहरुले सचेतना कार्यक्रम तिव्र रुपमा अघि बढाएका छन् । विभिन्न स्थानिय तहरुको मुख्य आवागन हुने बजार तथा टोलमा कोरोना सम्वन्धी विभिन्न कार्यक्रमहरु अगाडी बढाएका हुन् । सोही अनुसार जिल्लाको कान्छो नगरपालिका माईमा समेत नेपाल रेडक्रस सोसाइटी शसस्त्र प्रहरी स्थानिय युवा र अन्य संस्थाहरुको समन्वयमा सचेतनाका कार्यक्रमहरु अगाडी बढाइएको छ । कोरोना संक्रमण उच्च सतर्कताका लागि माई नगरपालिका इलामको प्रवेश केन्र्दमा साबुन पानिले हात धुने, माक्स लगाउने र सेनिटाईजरले हात सफा गर्ने कार्यको ब्यवस्था गरिएको छ ।

त्यसैगरी नगरको सवैभन्दा ठुलो आवादी भएको शुक्रबारे बजारमा कार्यक्रमलाई अगाडी बढाएको छ । नगर प्रमुख दिपकुमार थेवे, उप–प्रमुख बिष्णुमाया आचार्य, स्वास्थ्य संयोजक पुष्कर कट्टेल र दानाबारी रेडक्रस सभापति मित्र प्रसाद गौतमबाट साबुन पानिले हात धुने, माक्स लगाउने र सेनिटाईजरले हात सफा गर्ने कार्यको सचेतना गरिएको हो । साथै बिभिन्न स्थानमा सचेतना ब्यानर टागिएको छ । (फोटो र भिडियो सौजन्य : विमल दाहाल)
