काठमाण्डौ । अर्जन भट्टराई सफल व्यवसायिक मध्येको एक नाम हो । २०४३ सालमा पहाडी जिल्ला गुल्मीको सत्यवती –२ पादीमा जन्मिएका उनी लुम्बिनीका सफलता पुर्वक व्यवसाय चलाइरहेका छन् । प्रारम्भिक शिक्षा गुल्मीको रिडीमा गरेका उनले उच्च शिक्षा अध्ययन पाल्पा वहुमुखी क्याम्पसवाट गरे । स्नातक तह काठमाण्डौको मिन भवन क्याम्पसवाट गरेपछि बाबुको प्रेरणाले रुपन्देहीमा फुटवेयर व्यवसाय थाले । विभिन्न व्यवसायमा हात हालेपनि उनी मुख्यत होजेरी, किला काँटी, फेन्सी र फुटवेयर सम्वन्धी ब्यवसायमा अब्बल सावित भए । ३ लाख ५० हजारबाट व्यवसाय सुरु गरेको उनको अहिले करोडमाथी व्यवासय पुगेको छ । उनले आफ्नो व्यवसाय मार्फत ३० जनालाई रोजगारी पनि दिइरहेका छन् ।
उद्योगबाट उत्पादित बस्तुहरु देश तथा बिदेशमा निर्यात गर्दै आएका उनी स्वेदेशी कच्चा पर्दाथको अभावमा नेपाली उत्पादनले अपेक्षिकृत बजार लिन नसकेको गुनासो गर्छन । ‘स्वदेशमा कच्चा पदार्थ नपाइने र सम्पुर्ण कच्चा पदार्थ विदेशबाट आयात गर्नु पर्ने भएकोले बिदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न निक्कै चुनौती छ ।’ उनले भने ।
समय सापेक्षित ज्यला दिएर रोजगारी सिर्जना गर्न चाहिने पुँजीका लागि सरकारले सरल ऋण प्रवाह गरिदिनुपर्ने उनको माग छ । स्वदेश तथा विदेशका मुख्य सहर र व्यापारिक केन्द्रहरुमा माग वमोजिम उत्पादित समानहरु नियमित पठाउन सकिएमा होजियारी व्यवसायबाट राम्रो मुनाफा गर्न सकिने उनको तर्क छ ।