Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माईजोगमाईमा महिलालाई ललीपल तथा डेरीजन्य तालिम

माईजोगमाईमा महिलालाई ललीपल तथा डेरीजन्य तालिम

  • सन्देश सम्वाददाता
  • बिहिबार, चैत्र ६ २०७६


माईजोगमाईमा महिलालाई ललीपल तथा डेरीजन्य तालिम

नयाँबजार । पाँच दिने ललीपल तथा डेरीजन्य उत्पादन तालिम मईजोगमाई गाउँपालिकाको केन्द्र नयाँवजारमा सम्पन्न भएको छ । माईजोगमाई गाउँपालिका स्तरिय महिला समन्वय समितीको आयोजनामा संचालन भएको उक्त तालिममा माईजोगमाई गाउँपालिकाका ६ वटै वडाका महिलाहरूलाई समेटिएको थियो । तालिममा ३२जना महिलाहरुको सहभागीता रहेको थियो ।तालिम पछि उनीहरुलाई ब्यवसायीतामा लाग्न गाउँपालिकाले सहयोग गर्ने जनाईएको छ ।
इलाममा पछिल्लो समय उद्यम महिला सहभागीता बढ्दै गएको छ । स्थानिय सरकार एवम विभिन्न संघसंस्थाहरुले व्यवासायिक तालिम संचालन गरेपछि महिलाहरुको सहभागिता बढ्दै गएको हो । चालु आर्थिक वर्षको सुरुको चार महिनाको अवधीमा एकसय ३८ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग विकास समितिको तथ्याङकमा छ । जसमध्ये सबैभन्दा बढी महिलाको नाममा उद्योग दर्ता भएका छन । महिलाको नाममा ९३ वटा र पुरुषको नाममा ५२ वटा उद्योग दर्ता भएको रेकर्ड छ । हालसम्म घरेलु कार्यलयमा तीन हजार नौसय १७ उद्योग दर्ता भएकोमा नौसय ७१ वटा महिलाको नाममा रहेको तथ्याङक छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार