फिक्कल । पाहुना टोली मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङलाई टाइव्रेकरमा हराउँदै जनता सेभेन फिक्कलले सुन्दरपानी ओपन नकाउट फुटबलको उपाधि आफनो पक्षमा पारेको छ । सूर्योदय नगरपालिका– ९ पान्दाममा भएको प्रतियोगितामा फिक्कलले टाइव्रेकरमा ५–४ गोल अन्तरको जित निकालेको हो । निर्धारित समय १–१ गोल बराबरी भएपछि निर्णय टाइव्रेकरबाट गरिएको थियो । पहिलो हाफको २५ औ मिनेटमा लाक्पा तामाङले पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाए । दोश्रो हाफको २३ औ मिनेटमा आशिष राईले खेल बराबरीमा ल्याए ।
फिक्कलले प्लेइङ सेभेनलाई हराउदै फाइनलमा स्थान बनाएको हो । दार्जिलिङले डिएससी रुङसुङलाई हरायो । उपाधिसंगै फिक्कलले १ लाख र उपविजेता दार्जिलिङले ६० हजार प्राप्त ग¥यो । सेमीफाइनल पुग्ने टिम प्लेइङ सेभने र डिएससी रुङसुङले १०÷१० हजार प्राप्त ग¥यो । प्रतियोगितामा उत्कृष्ट गोलरक्षक जनता सेभेनका अनमोल राई, उत्कृष्ट डिफेन्स मानेभन्याङका टाक्सीक भोटिया , सवार्धिक गोल कर्ता प्लेइङ सेभेनका पुजन मगर घोषित भए । पुजनले ६ गोल गरेका थिए । यस्तै उदियमान खेलाडीको रुपमा एनवाईसी नयाँचोकका अनमोल राई , उत्कृष्ट टिम प्लेइङ सेभेन मगंलबारे घोषित भएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीको रुपमा मानेभन्याङका लाक्पा तामाङ घोषित भए । बिजेता तथा उपविजेतालाई नगर प्रमुख रणबहादुर राईले पुरस्कार वितरण गरे ।
फाइनल अघि नगर प्रमुख राईको नेतृत्वको जनप्रतिनिधी टिम र आयोजक बिच मैत्रीपुर्ण खेल आयोजना गरिएको थियो । खेलमा आयोजक टिम २–० ले बिजयी बन्यो । नगद १ लाखको फुल हाउस सहितका हाउसी खेल पनि खेलाईएको थियो हाउसीको फुलहाउस रु १ लाख रुपैया सूर्योदय नगरपालिका–२ का सन्तोष थापा मगरले जिते । आयोजक समितिका अध्यक्ष जय राईको अध्यक्षतामा भएको समापन समारोहको प्रमुख अतिथि नगर प्रमुख राई र बिशेष अतिथि अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य निरोज खड्गी रहेका थिए । वडा नं ९ का वडाध्यक्ष देबेन्द्र शर्मा वडा नम्बर ११ का वडाध्यक्ष टेक बहादुर राई वडा न ३ का वडाध्यक्ष होम कार्की लगायतको आतिथ्यता रहेको थियो ।
समापन सत्रमा बोल्दै प्रमुख अतिथी नगर प्रमुख राईले सूर्योदय नगरपालिका खेलाडी तथा खेलकुको बिकारमा निक्कै गभिंर रहेको बताए । उनले नगरमा हुने यस्ता प्रतियोगितालाई क्षमता अनुसार आर्थिक सहयोग उपलव्ध गराउने प्रतिवद्ध रहेको बताए । अखिल नेपाल फुटबल सघंका केन्दीय सदस्य खडगीले इलामले धेरै राष्ट्रय खेलाडीहरु उत्पादन गरीरहेको र यस्ता प्रतियोगिताले राम्रा खेलाडी उत्पादनमा निक्कै टेवा पुग्ने बताए । प्रतियोगितामा नेपाल र भारतका २३ टिमको सहभागीता हरेको थियो ।
दर्शकको सहजताको लागि बाँसको प्याराफिट पनि बनाएको थियो । यही आर्थिक बर्षमा प्रदेश सांसद खिनु लङवा लिम्बुको सांसद विकास कोषको ८ लाख रुपैयाको सहयोगमा खेलमैदानको स्तरउन्नती गरिएको छ । मिलियन फ्रण्ड्स कल्वको एकल आयोजनामा हुदै आएको प्रतियोगितामा पछिल्लो बर्षहरुमा पान्दामकै दुई क्लब स्मायल युवा क्लव र न्यू जेनेरेसन क्लब पनि जोडिएको छ ।
प्रतियोगिताको प्रथम पुरस्कार रु १ लाख सूर्योदय नगरपालिकाले उपलब्ध गराएको थियो । अन्य रकम बिभिन्न दाता दर्शक सघंसस्थां लगायतको सहयोगबाट व्यवस्थापन गरीएको आयोजकले जनाएको छ । आगामी बर्षहरुमा पुरस्कार राशी थप गर्दै प्रतियोगितालाई निरन्तरता दिने आयोजक समितिका सचिव सोनाम योल्मोले जानकारी दिए ।