Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

सुन्दरपानी ओपन नकाउट फुटबल : मानेभञ्ज्याङको कम्तीमा ६० हजार सुरक्षित

सुन्दरपानी ओपन नकाउट फुटबल : मानेभञ्ज्याङको कम्तीमा ६० हजार सुरक्षित

  • सन्देश सम्वाददाता
  • बुधबार, फाल्गुन २८ २०७६


सुन्दरपानी ओपन नकाउट फुटबल : मानेभञ्ज्याङको कम्तीमा ६० हजार सुरक्षित

पान्दाम : मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ छैटौ संस्करणको सुन्दरपानी ओपन नकाउट फुटबल प्रतियोगिताको उपाधि होडमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो सेमीफाइनल खेलमा डिएससी रुङसुङलाई ५–२ गोल अन्तरले हराउँदै दार्जिलिङले कम्तीमा ६० हजार रुपैया सुरक्षित गरेको हो ।
दोश्रो सेमीफाइनल खेलमा आज प्लेइङ सेभेन र जनता सेभेन बिच प्रतिस्पर्धा हुँदैछ । फागुन ११ गतेबाट सूर्योदय नगरपालिका–९ पान्दाममा सुरु भएको प्रतियोगितमा भारत र नेपालका गरी २३ टिमको सहभागीता रहेको थियो । प्रतियोगिताको बिजेताले नगद १ लाख, उपविजेताले ६० हजार र सेमीफाइनललिष्ट टिमलाई जनही १०/१० हजार प्रदान गरिने आयोजक समितिका सोनाम योल्मोले जानकारी दिए ।
पान्दाम खेलमैदानमा बर्षेनी आयोजना हुने फुटबल प्रतियोगितमा नेपाल र भारतका विभिन्न टिमहरुको सहभागीता रहदै आएको छ । फुटबल खेलको माध्यमबाट दुई देशको मित्रताको सम्वन्ध कायम हुनेमा विश्वास लिएको योल्मोले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार