Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

माईभ्याली गोल्डकप : नागाल्यान्डमाथी रुपन्देहीको फराकिलो जित

माईभ्याली गोल्डकप : नागाल्यान्डमाथी रुपन्देहीको फराकिलो जित

  • सन्देश सम्वाददाता
  • बिहिबार, फाल्गुन १५ २०७६


माईभ्याली गोल्डकप : नागाल्यान्डमाथी रुपन्देहीको फराकिलो जित

इलाम : इलाममा जारी छैटौ संस्करणको माईभ्याली गोल्डकपमा गोर्खा ब्बाइज रुपन्देहीले सुरुवाती जित निकालेको छ । प्रतियोगिता अन्र्तगत उद्धघाटन खेलमा पाहुना टोली कोहिमा इगल नागाल्यान्डमाथी ४–० गोल अन्तरको जित निकाल्दै रुपन्देहीले इलामे मैदानमा सुखद सुरुवात गरेको हो । पहिलो हाफ निक्कै प्रतिस्पर्धात्मक बनेपछि दुवै टिमले गोल गर्न सकेनन् । दोश्रो हाफमा उत्कृष्ट खेल पस्किएको रुपन्देहीको लागी ४ वटै गोल संभव बन्यो । २१ औ मिनेटमा विदेशी खेलाडी हजमतले रुपन्देहीका लागी पहिलो गोल गरे । ३२ औ मिनेटमा फोफोना फोडेले अग्रता दोब्बर बनाए ।


इन्जुरी समयमा रुपन्देहीले थप २ गोल ग¥यो । शक्ति राईले इन्जुरी समयमा व्यक्तिगत पहिलो गोल गरेको एक मिनेट नवित्दै दोश्रो गोल समेत थपेपछि रुपन्देही ४–० फराकिलो गोल अन्तरको जितका साथ क्वाटरफाइनल प्रवेश ग¥यो । सेमीफाइनल प्रवेशका लागी अब रुपन्देहीले फागुन १९ गते ए डिभिजन लिग बिजेता मछिन्द्र क्लबलाई प्रतिद्धन्द्धीको रुपमा पाएको छ । खेलको म्यान अफ दि म्याच विजेता टिमका शक्ति राई घोषित भए । रुपन्देहीका एडमा डुम्बिायाले पहेलो कार्ड पाए ।


दोश्रो प्रि–क्वाटरफाइन खेलमा आयोजक माईभ्याली फुटबल क्लबले अर्को पाहुना टोली ग्यान्टोक सिटि सिक्किमको सामना गर्नेछ । खेलपछि प्रतिक्रिया दिँदै नागाल्यान्डका प्रशिक्षक केहीगुह्वाङग्वेले पहिलो पटक भारतका बाहिर प्रतियोगितामा सहभागीता जनाएकाले अपेक्षिकृत खेल हुन नसकेको बताए । उनले पाएको केही राम्रा अवसरहरु सदुपयोग हुन नसक्दा पराजित हुनुपरेको प्रतिक्रिया दिए । यता रुपन्देही प्रशिक्षक किशोर केसीले पहिलो हाफमा विपक्षी टिमको बारेमा जानकारी नहुँदा गोल स्कोर हुन नसकेको बताए । उनले दोश्रो हाफमा विपक्षीको कमजोरीको फाइदा उठाउदै ४ गोल भएको बताए । युवा प्रतिभा पहिचानको उद्धेश्यका साथ युवा खेलाडी सहित इलामे मैदानमा रुपन्देही आएको केसीले बताए ।
फागुन २४ गतेसम्म चल्ने प्रतियोगिताको बिजेताले नगद ८ लाख र उपविजेता टिमले ५ लाख रुपैया प्राप्त गर्नेछ । यस बर्ष प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल वा स्कुटरको साटो नगद १ लाख २५ हजार प्राप्त गर्नेछ । प्रतियोगिताको व्यक्तिगत विधाका खेलाडीले समेत नगद पुरस्कार पाउने छन् । प्रतियोगितामा लिग लिडर मछिन्द्र, दोश्रो टोली त्रिभुवन आर्मी सहित १० टिमको सहभागीता रहेको छ ।

खेलकुद क्षेत्रको बिकासले देशको बिकास मापन हुने : मन्त्री आङ्बो
गोल्डकप उद्धघाटन समारोहका प्रमुख अतिथि प्रदेश नम्वर एकका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले खेलकुद क्षेत्रको विकासले हरेक देशको विकास मापन हुने बताए । उनले १३ औँ दक्षिण एसियाली खेलकुद साग प्रतियोगितामा नेपालले देखाएको प्रदर्शनले बिश्वमा नै नेपालको छवि उच्च बनाएको बताए ।
खेलकुद क्षेत्रको बिकास देशको समग्र विकाससँग तुलना हुने उनको भनाई छ । हाल देशमा रहेका तिनै तहका सरकारहरुले खेलकुद क्षेत्रको विकासका लागि महत्वपूर्ण भुमिका खेलेको भन्दै उनले देश समृद्धितर्फ उन्मुख भएको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार