Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

दोश्रो आठघरे करातेको उपाधि झापालाई

दोश्रो आठघरे करातेको उपाधि झापालाई

  • लोकल सन्देश
  • सोमबार, फाल्गुन १२ २०७६


दोश्रो आठघरे करातेको उपाधि झापालाई

फिक्कल । इलामको सूर्योदय नगरपालिका–१२ मा सम्पन्न दोश्रो आठघरे आमन्त्रण कराते प्रतियोगिताको उपाधि झापाले जितेको छ । २ दिन सम्म चलेको प्रतियोगितामा ९ स्वर्ण ४ रजत र ६ कास्य पदक जितेको झापाले नगद २५ हजार प्राप्त ग¥यो । त्यसैगरी २ स्वर्ण ३ रजत र ५ कास्य सहित माई नगरपालिका दोश्रो र २ स्वर्ण ३ रजत र १ काँस्य पदक सहित फिक्कल तेश्रो बन्दै क्रमश १५ हजार र ११ हजार नगद प्राप्त गर्न सफल रहयो ।


कुमुते महिला ३५ केजी तौल समुहमा झापाकी सृष्टि बुढाथोकीले स्वर्ण पदक जित्दा गोदककी विनिता राईले रजत तथा इलामकी कृष्णा लिम्बु र माईकी दिक्षा गुरुङले कास्य पदक प्राप्त गरिन् । ४० केजी तौल समुहमा इलाम डोजोका खेलाडीले पदक जिते । योलिसा ठकुरीले स्वर्ण, निम्सुङ राई रजत तथा नम्रता श्रेष्ठ र योलिना ठकुरीले कास्य पदक प्राप्त गरिन् । ४५ केजी तौल समुहमा झापाकी प्रमिशा गौतम स्वर्ण, फिक्कलकी काजुना राई रजत तथा झापाकी सोना लिम्बु र मोरङकी सविता श्रेष्ठले कास्य पदक पाए । ५० केजी तौल समुहमा माई डोजोकी रविना मगरले स्वर्ण, माइकै सविना दनुवार रजत तथा रम्भ्याङकी विलासा तामाङ र झापाकी अस्मिना कार्कीले कास्य पदक पाइन् । ५५ केजी तौल समुहमा माईकी सुस्मा राईले स्वर्ण, झापाकी झर्ना लिम्बु रजत तथा आयोजककी रोश्नी घले र रम्भ्याङकी सुनिता राईले कास्य पदक पाइन् ।


६० केजी तौल समुहमा रोङकी समिक्षा लेप्चाले स्वर्ण पदक प्राप्त गर्दा गोदककी सविना गोले रजत तथा इलामकी अस्मिता देवान र लक्ष्मी मगरले कास्य पदक प्राप्त गरिन् । ६० केजी माथी तौल समुहमा गोदककी सुचना राई स्वर्ण, रोङकी रञ्जिता लेप्चा रजत तथा झापाकी स्मारिका तामाङ र माईकी सिता फागोले कास्य पदक हात पारिन् । महिला जुनियर काता तर्फ झापाकी सृष्टि बुढाथोकीले स्वर्ण पदक प्राप्त गरिन् । माईकी दिक्षा गुरुङ रजत तथा इलामकी योलिसा ठकुरी र रम्भ्याङकी आयुष्मा तामाङले कास्य पदक पाइन् । महिला सिनियर कातामा फिक्कलकी काजुना राईले स्वर्ण जित्दा माईकी सिता फागो रजत र झापाकी प्रमिशा गौतमले कास्य पदक पाइन् ।
पुरुष कुमुतेको ३५ केजी तौल समुहमा झापाकी अनिश उप्रेतीले स्वर्ण पदक जित्दा इलामका रोजन श्रेष्ठ रजत तथा गोदकका समिर राई र रोङका सोनाम तामाङले कास्य पदक प्राप्त गरे । ४० केजी तौल समुहमा रोङका प्रतिक बस्नेतले स्वर्ण पदक प्राप्त गरे । झापाका समिर मगर रजत तथा गोदकका निशान मगर र माईका सुमेश विष्टले कास्य पदक प्राप्त गरे । ४५ केजी तौल समुहमा झापाका विशाल राईले स्वर्ण, रोङका निश्चल खवास रजत तथा फिक्कलका हिनेश प्रधान र मोरङका एमडी अमनले कास्य पदक प्राप्त गरे । ५० केजी तौल समुहमा झापाका अरुण लिम्बु स्वर्ण, फिक्कलका सोनाम राई रजत तथा मोरङका अनमोल शिवाकोटी र माईका निरज अधिकारीले कास्य पदक प्राप्त गरे ।


५५ केजी तौल समुहमा झापाका प्रदिप तामाङले स्वर्ण, मोरङका सुमन राईले रजत तथा माईका विशाल गहतराज र उदयपुरका कृष्ण महतोले कास्य पदक प्राप्त गरे । ६० केजी तौल समुहमा झापाका अविशेक राजवंशीले स्वर्ण पदक प्राप्त गरे । उदयपुरका बिमलकाजी श्रेष्ठले रजत तथा मोरङका भुवन कट्टेल र निशान खातीले कास्य पदक प्राप्त गरे । ६५ केजी तौल समुहमा मोरङका महेश यादवले स्वर्ण तथा इलामका बसन्त गुरुङले रजत पदक प्राप्त गरे । ६५ केजी माथी तौल समुहमा झापाका सुमन चिमरियाले स्वर्ण पदक जित्दा झापाकै सरोज धिमालले रजत र आयोजकका प्रतिक राईले कास्य पदक प्राप्त गरे ।


पुरुष जुनियर कातामा आयोजकका सुमिरन राईले स्वर्ण पदक प्राप्त गरे । फिक्कलका विभुषण कार्की रजत तथा झापाका अनिश उप्रेती र कन्यामका छेकु योल्मोले कास्य पदक प्राप्त गरे । पुरुष सिनियर कातामा फिक्कलका एलिश दाहालले स्वर्ण पदक प्राप्त गर्दा झापाका अरुण लिम्बुले रजत तथा आयोजकका सगुन राई र उदयपुरका बिमलकाजी श्रेष्ठले कास्य पदक प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट खेलाडी पुरुष तर्फ रोङका प्रनिश राउत र महिला तर्फ माईकी रविना मगरले प्राप्त गरिन् । नगर प्रमुख रणबहादुर राईले उद्घाटन गरेको प्रतियोगिताको समापन उपप्रमुख दुर्गादेवी भट्टराईले गरेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार