पान्दाम : इलामको सूर्योदय नगरपालिका– ९ पान्दाममा जारी छैटौ संस्करणको सुन्दरपानी ओपन नकाउट फुटबल प्रतियोगिता अन्र्तगत आइतबारको खेलमा मानेभञ्ज्याङ र आइतबारे बिजयी बनेका छन् । आजको पहिलो खेलमा पाहुना टोली दार्जिलिङको मानेभञ्ज्याङले सूर्योदय नगरपालिका–९ को समृद्ध एफसीमाथी ४–० गोल अन्तरको जित दर्ता ग¥यो । खेलको २४ औ मिनेटमा जेरेमी नोङ्गिडु सुरुवाती अग्रता दिलाए । पहिलो हाफ १–० मा सकिएको खेलको बाँकी ३ गोल दोश्रो हाफमा भयो । ४८ औ मिनेटमा दामेहुन सीइ, ५६ औ मिनेटमा टासिक भुटिया र ५८ औ मिनेटमा रिक्जेन शेर्पाले मानेभञ्ज्याङका लागी गोल गरेपछि ४–० को स्पष्ट जित निकाल्न सफल बन्यो ।
त्यसैगरी दोश्रो खेलमा सूर्योदय नगरपालिका– ११ को आइतबारे युथ क्लबले पाहुना टोली दार्जिलिङको आलुबारी एफसीमाथी २–१ गोल अन्तरको जित निकाल्यो । आइतबारेका लागी बिपल राईले खेलको १४ औ मिनेटमा सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिम मिनेटमा पासाङ भुटियाले गोल गर्दै खेल बराबरीमा ल्याए । ४४ औ मिनेटमा बिपलले व्यक्तिगत दोश्रो गोल थप्दै टिमको जित सुनिश्चित गराए ।
जितसँगै दुवै टोली क्वाटरफाइनल प्रवेश गरेका छन् । प्रतियोगिता अन्र्तगत तेश्रो दिनको खेलमा डिएससी रुङसुङ र तीनघरे एफसी तथा प्लेइङ सेभेन र आहाले एफसीबिच प्रतिस्पर्धा हुनेछ । मिलिनियम फ्रेन्डस क्लब, स्माइल युथ क्लब र न्यु जेनेरेसन स्टार क्लबको आयोजनामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगितको बिजेताले नगद १ लाख, उपविजेताले ६० हजार र सेमीफाइनललिष्ट टिमलाई जनही १०/१० हजार प्रदान गरिने आयोजक समितिका सोनाम योल्मोले जानकारी दिए । प्रतियोगितामा २३ टिमको सहभागीता रहेको छ ।