चुलाचुली । इलामको चुलाचुली गाउँपालिका वडा न ५ मा किरात सांस्कृतिक संग्रहालय निर्माणका लागि स्थानिय राई परिवारले करिव अढाई कठ्ठा जग्गा दान गरेका छन् । चुलाचुली वडा न ५ बरबोटे टोल निवासी स्थानिय श्रीबहादुर याङ्मा राईले आफुले चासभोग गर्दे गरेको जग्गा संग्राहलय निर्माणका लागि निःशुल्क रुपमा उपलब्ध गराएका हुन् ।
स्थानिय टोल विकास समितीका अध्यक्ष कमिक राई, किरात सांस्कृतिक संग्राहलय निर्माण तदर्थ समितीका अध्यक्ष निशेष राई, सामाजिक अगुवा नविन कुमार राई, स्थानिय गणेश राई, रुपेन राई, फुलबहादुर राई, शान्तिराज राई, धनमाया लकान्द्रि लगायतको उपस्थितीमा श्रीबहादुर याङ्मा राई लगायत उनको परिवारले हस्तलिखित काचोँ कागजमा सहिछाप गरि औपचारिक रुपमा जग्गा संग्राहलयलाई दान गरे ।
हराउदै गएको किरात कालिन सभ्यता तथा मैलिक वस्तुहरुलाई नयाँ पुस्ता सामु संरक्षण गरेर देखाउनका लागि संग्राहलय आवश्यक रहेको जग्गादाता श्रीबहादुर याङ्मा राईले बताए । आफ्नो भाषा, धर्म र संस्कृती संरक्षणका लागि आफ्नो परिवारको तर्फबाट सहयोग गर्न पाउदा खुसि लागेको जग्गादाताका श्रीमती बडमस्वरी याङ्मा राईले बताइन् ।
किरात सांस्कृतिक संग्राहलय निर्माण तदर्थ समितीका अध्यक्ष निशेष राईका अनुसार संग्राहलय निर्माणका लागि अब चाडै प्रकृया अगाडी बढाईने छ । हराउदै गएको किरात कालिन सभ्यतालाई संरक्षण गर्नका लागि संग्राहलय निर्माणको योजना अघि सारिएको उनले बताए । अब चाडै सम्वन्धि निकाय तथा सयोगी संस्था तथा सहयोगी ब्यक्तिहरु संग समन्वय गरेर संग्राहलय निर्माणको प्रकृया थालिने उनले बताए ।