फिक्कल । चियाको राजधानी सूर्योदय नगरपालिकामा निर्माण हुने लागेको चिया प्रर्वद्धन केन्द्रको सम्झौता र टेन्डर प्रक्रिया अगाडी बढेको छ । गत पुषमा सम्झौता भएपनि मुख्यमन्त्री शेरधन राईले पुर्वाधारको डिजाइन मौलिक हुनुपर्ने सल्लाह दिएपछि डिजाइन परिर्वतन गरेर सम्झौता भएको सूर्योदय नगर प्रमुख रणबहादुर राईले बताए । २३ करोड लागतमा निर्माण सम्पन्न हुने टि टेस्टिङ सेन्टरको पुर्वाधार विकासमा १७ करोड ९४ लाख ४० हजार ९ सय १९ रुपैया र परिक्षण यन्त्र उपकरणमा ५ करोड ५ लाख ५९ हजार ८१ रुपैया खर्च हुने जनाइएको छ ।

सेन्टर निर्माणसँगै अर्थोडक्स ब्ल्याक टिको बजार प्रर्वद्धनमा नेपालकै नमुना केन्द्र बन्न नगर प्रमुख राईले बताए । उनले भने ‘ टि टेस्टिङ सेन्टर निर्माण सम्पन्न भएपछि नगरपालिकाको मात्र होइन प्रदेश नम्बर एकको महत्वपुर्ण चिया केन्द्र हुनेछ ।’ प्रारम्भिक सम्झौता मुख्यमन्त्री शेरधन राईको उपस्थितीमा भएको थियो भने दोश्रो पटकको सम्झौता भुमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम रानाको उपस्थितीमा भएको थियो ।

समझदारी पत्रमा मन्त्रालयका कृषि सचिव विमलकुमार निर्मल र सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले हस्ताक्षर गरेका छन । प्रदेश सरकारको ७५ प्रतिशत लगानी र नगरपालिकाको २५ प्रतिशत लगानीमा केन्द्र निर्माण गर्न लागिएको हो । सूर्योदय नगरपालिकामा वार्षिक करिब ५० लाख केजी चिया उत्पादन हुँदै आएको छ । २ बर्ष्भित्रमा केन्द्र निर्माण हुने छ । भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयको चालु आर्थिक बर्षमा चिया परीक्षण तथा प्रवद्र्धन केन्द्र स्थापनाका ५ करोड रुपैया उपलव्ध हुनेछ ।
