Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

लिग बिजेता मछिन्द्र सहित १० क्लब माईभ्यालीमा

लिग बिजेता मछिन्द्र सहित १० क्लब माईभ्यालीमा

  • नमीन ढकाल
  • आइतबार, फाल्गुन ४ २०७६


लिग बिजेता मछिन्द्र सहित १० क्लब माईभ्यालीमा

इलाम । पुर्वी पहाडको सवैभन्दा बढी राशीको माईभ्याली गोल्डकपको छैटौ संस्करणमा ए डिभिजन लिग च्याम्पियन मछिन्द्र र उपविजेता त्रिभुवन आर्मी सहित १० टिम भिडने भएका छन् । आगामी फागुन १५ देखी २४ गतेसम्म हुने प्रतियोगिताको लागी ३ ए डिभिजन क्लब र ४ विदेशी सहित १० टिम सहभागी गराइने आयोजकले गत माघ १८ गते पत्रकार सम्मेलन गरेर जनाएको थियो । यदपी सहभागी सबै टिमको नाम भने सार्वजनिक भएको थिएन् ।
माईभ्यालीको छैटौ संस्करणमा शहिद स्मारक ए डिभिनज लिग विजेता मछिन्द्र र उपविजेताको आर्मीका अतिरिक्त ए डिभिजनको क्लब संकटा र रुपन्देहीको गोर्खा व्वाइज क्लब सहभागी हुने माईभ्याली फुटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङले बताए । यस बर्षको संस्करणमा विदेशी टोलीको रुपमा भारतका ४ वटा क्लब सहभागी हुँदैछन् । अघिल्लो संस्करणमा सहभागीता जनाएको दार्जिलिङ सहित केरला, नागाल्यान्ड र कोलकत्ता प्रिमियर लिग क्लब मोहम्मडेन स्र्पोटिङ सहभागी हुनेछन् । घरेलु टोली माईभ्याली र झापा–११ ले प्रतिस्पर्धा गर्नेछन् ।
आयोजकले विदेशी टोलीको रुपमा जापानीज युनिभर्सिटी र भुटानको लिग च्याम्पियन पारो एफसीलाई सहभागी गराउने चाहेपनि कोरोना भाइरसका कारण उनीहरुलाई देश बाहिर जान नदिएको चेम्जोङले बताए । यो वर्ष माईभ्याली गोल्डकपको विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैया प्राप्त गर्नेछन् । गोल्डकपको टाइटल स्र्पोन्सरको रुपमा नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकलको सट्टामा नगद १ लाख २५ हजार प्रदान गरिने भएको छ । यसअघिका ३ संस्करणबाट मोटरसाइकल वा स्कुटर प्रदान गरिदै आएको थियो । हालसम्म सो पुरस्कार आर्मीका विङगर विवेक बस्नेत, मनाङका कप्तान बिराज महर्जन र हिमालयन शेर्पाका गोलरक्षक किशोर गिरीले पाएका थिए ।
२०७१ सालदेखी निरन्तर संचालन हुँदै आएको माईभ्याली गोल्डकपको उपाधी झापा–११ ले २ संस्करण जितेको थियो । त्यसैगरी त्रिभुवन आर्मी, थ्रीस्टार र क्यामरुनी क्लब दाफिन्सले १÷१ संस्करण जितेका थिए । आयोजकले प्रतियोगिताको लागी १० हजार बढी दर्शक अटाउने बासको पारापिट बनाउने कामलाई तिव्र रुपमा अगाडी बढाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार