इलाम : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुनुको विकल्प नभएको वताएका छन् । महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा स्नातक प्रथम वर्षमा अध्ययनका लागि आएका नवआगन्तुक विद्यार्थीहरुको स्वागत कार्यक्रममा तामाङले यस्तो वताएको हो । विहिवार अनेरास्ववियू मरब क्याम्पस इलामले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै तामाङले यस वर्ष कुनै पनि हालत स्ववियु निर्वाचन गराउनु पर्ने जिकिर गरेका छन् ।

स्ववियु निर्वाचनमा हार्ने मानसिकताले नेपाल विद्यार्थी संघले जहिल्यै चुनाव भाढ्ने कोसिस गरेको वताएका छन् । विभिन्न वहानामा स्ववियु हुन नदिनको लागि नेवि संघ मात्र होइन नेवि संघ लगायत अन्य विद्यार्थी संगठन पनि निक्कै कसरत गरिरहेको उनले आरोप लाए । तर त्यो कसरतले यस वर्ष केही नलाग्ने वताएका छन् । किनकी स्ववियु चुनावको निमित्त अनेरास्ववियू मैदानमा उत्रिसकेको र जुनसुकै अवस्थामा पनि स्ववियु निर्वाचन गराउने उनले चूनौती दिएका छन् । उनले स्ववियु चुनावमा स्वच्छ प्रतिस्पर्धामा जित्नको लागि मैदानमा आउन नेवि संघ लगायतका विद्यार्थी संगठनलाई अनुरोध गरेका छन् ।

स्वतन्त्र विद्यार्थी युनियनको चुनाब विद्यार्थी संगठनको प्रमुख उपलब्धी र प्रमुख प्राथमिकतामा रहेकोले पनि स्ववियु चुनाव गराउनु पर्ने तामाङले वताए । उनले भने “विगतका वर्षमा नेपाल विद्यार्थी संघले हामीलाई एक वर्ष समय माग्दा दियौँ । यसवर्ष एक महिनाको समय मागेको छ । हामी एक वर्ष समय दिन्छौँ तर यसवर्ष स्ववियु चुनाव कुनैपनि हालतमा हुनुपर्छ । नेविसंघ यो वा त्यो वहानामा मैदानबाट भाग्नु हुँदैन ।” नेपालको शैक्षिक क्षेत्रको प्रत्यक्ष सरोकार राख्ने स्ववियु निर्वा्चिन शैक्षिक परिवर्तनको लागि पनि हुन आवश्यक रहेको उनले वताए ।
यसवर्ष स्ववियु जसरी पनि बनाउने विषयमा इलामका विद्यार्थीहरुलाई समेत सुझाव दिएका छन् । सम्पूर्ण विद्यार्थीहरु आफ्नो अधिकारको लागि स्ववियुको चुनावमा भाग लिन आग्रह गरेका छन् र चुनावमा अत्याधिक बहुमतले अनेरास्ववियुका प्यानललाई विजय गराउन उनले अपिल गरे ।