Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

अन्तराष्ट्रिय फुटबल र झापा गोल्डकप तोकिएको मितिमा नहुने भएपछि माईभ्यालीलाई राहत

अन्तराष्ट्रिय फुटबल र झापा गोल्डकप तोकिएको मितिमा नहुने भएपछि माईभ्यालीलाई राहत

  • नमीन ढकाल
  • बिहिबार, फाल्गुन १ २०७६


अन्तराष्ट्रिय फुटबल र झापा गोल्डकप तोकिएको मितिमा नहुने भएपछि माईभ्यालीलाई राहत

इलाम । मदन भण्डारी स्पोर्टस् एकेडेमीले आयोजना गर्ने भनेको नेपालसहित ४ राष्ट्र सम्मिलित अन्तराष्ट्रिय फुटबल प्रतियोगिता सर्ने भएको छ । कोरोना भाइरसको संक्रमणका एसियामा फैलदै जान थालेका कारण पूर्व निर्धारित समयमा आउन सहभागी राष्ट्रका टोलीले आनाकानी गरेपछि फागुन १५ गतेदेखि २४ गते सम्म आयोजना गर्ने भनेको प्रतियोगितामा अर्को महिना मात्र आयोजना हुने सम्भावना बढेको छ । जसले इलाममा हुने छैटौ संस्करणको माईभ्याली गोल्डकपलाई फाइदा पुग्ने देखिन्छ ।
माईभ्याली र अन्तराष्ट्रिय फुटबलको मिति एकै समय तोकिएको थियो । अखिल नेपाल फुटबल संघ एन्फाले माईभ्यालीसँगै एकैदिनबाट झापा गोल्डकपसँग जुध्ने गरी खेल तालिका सार्वजनिक गरेको थियो । यदपी झापा गोल्डकप एन्फा सेडयुलमा नगर्ने झापा गोल्डकपका संरक्षक जलकुमार गुरुङले बताए । गत संस्करणको प्रतियोगितामा राष्ट्रिय टिमबाट प्रतिनिधित्व गर्ने खेलाडीहरु सहभागी नहुँदा दर्शकहरुको उपस्थित माईभ्याली गोल्डकपमा तुलनात्मक रुपमा कमी भएको थियो ।
मदन भण्डारी स्पोर्टस एकेडेमीले आयोजना गर्ने भनेको प्रतियोगितामा नेपालसहित मोरिसस, अफगानिस्तान र पाकिस्तानले प्रतियोगितामा भाग लिने तय भएको थियो । तर, मोरिसस र अफगानिस्तानले कोरोना भाइरसको संक्रमणको हल्लाले केहि समयका लागि प्रतियोगिता सार्न आग्रह गरे बमोजिम त्यहि अनुसार गर्ने तयारी भएको एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले बताए । दशरथ रंगशालामा हुने भनिएको मदन भण्डारी अन्तर्रा्ष्ट्रिय फुटबलमा राउन्ड रोविन लिगका आधारमा सञ्चालन हुने र शीर्ष २ टोलीले फाइनल खेल्नेछन् । प्रतियोगितामा राउन्ड रोविनका ६ र फाइनल गरि ७ खेल हुने तय भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार