Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

विश्वकप क्रिकेट लिग : अमेरिकामाथि नेपालको जित

विश्वकप क्रिकेट लिग : अमेरिकामाथि नेपालको जित

  • सन्देश सम्वाददाता
  • शनिबार, माघ २५ २०७६


विश्वकप क्रिकेट लिग : अमेरिकामाथि नेपालको जित

आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा नेपालले पहिलो जित निकालेको छ। शनिबार त्रिवी मैदानमा भएको खेलमा नेपालले अमेरिका सामु ३५ रनको जित निकालेको हो। पहिलो ब्याटिङ गरेको नेपालले ४९.२ ओभर खेल्दै १९० रन बनाएको थियो। नेपालका विनोद भण्डारीले ५९ र कुशल मल्लले ५० रनको योगदान दिए । कप्तान ज्ञानेन्द्र मल्ल २१ रन र पारस खड्का १९ रनमा आउट भए । अन्य व्याट्समेनले सम्झनालायक स्कोर गर्न सकेनन् । अमेरिकाका केमरोन स्टेभेनले तीन विकेट लिए । त्यसैगरी रस्टी थोरेन र सौरभ नेत्रभाल्करले २/२ विकेट लिए । इयान होल्यान्ड, केभिन गोरे र एल्मोर हुचिन्सनको नाममा १/१ विकेट लिए ।
जवाफी व्याटिङमा उत्रिएको अमेरिका ४४.१ ओभरमा १५५ रनमा समेटियो । अमेरिकालाई सस्तैमा समेट्न करण केसीले चार विकेट लिए भने सुशन भारी तीन विकेट लिए। सन्दीप लामिछाने दुई र कुशल मल्लले एक विकेट लिए। अमेरिकाका लागी इयान होल्यान्डले ७५ बाहेक अन्य व्याट्समेनको प्रर्दशन सम्झनलायक रहेन् । ८ जना अमेरिकी व्याट्समेनले दोहोरो अंकको रन बनाउन सकेनन् । यो सँगै सिरिजमा अमेरीकाको दोश्रो हार हो । यसअघि ओमनसँग ६ विकेटले अमेरीका पराजित भएको थियो । यता नेपाल समेत ओमनसँग १८ रनले पराजित भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार