आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत अहिले कीर्तिपूरस्थित टीयू क्रिकेट मैदानमा अमेरिका विरुद्धको खेलमा नेपाली बलर करन केसी र सन्दिप लामिछानेले विकेट लिएका छन् । दुवैले २/२ विकेट लिएका छन् । खेलको दोश्रो ओभरमा सन्दिपले ओपनर एरोन जोन्सलाई एलबीडब्लुको धरापमा पारे । जोन्स ९ बलमा ५ रन बनाउँदै पेभेलियन फर्किए । तेश्रो ओभरको चौथो बलमा करनले स्टेभेन टेलरलाई दिपेन्द्रसिंह ऐरीको हातबाट क्याच आउट गराए । सोही ओभरको अन्तिम बलमा मार्सललाई विकेटकिपर विनोद भण्डारीले क्याच गरेका थिए । दोश्रो ओभर लिएर आएका सन्दिपले मोनाक पटेललाई ४ रनमा एलबीडव्लुको घरापमा पारे । ५ ओभरसम्ममा अमेरिकाले आफना शिर्ष ४ व्याटसमेन गुमाउँदै १४ रन बनाएको छ । अहिले इनिङ इयान होल्यान्ड र विकेटकिपर व्याटसमेन अक्षय होमराजले सम्हालिरहेका छन् ।