असार । १५ बर्षअघि सुरक्षाको कारण देखाउदै इलामबाट लगिएको निसान पुनः इलाममा स्थापना गरिएको छ । नेपाली सेनाको हेलिकप्टर मार्फत इलामको ठुलो टुडिखेलमा ल्याइएको निशानलाई विभिन्न जातजातीका झाकी सहित माइस्थानमा मन्दिरमा बैदिक विधी गरी निशान घरमा भित्र्याइएको थियो ।

नेपालको सिमाना पुर्वमा टिष्टासम्म पुगेको प्रमाणको रुपमा रहेको निसान २०५९ साल बैशाख २६ गते सुरक्षाको कारण देखाउदै श्रीनाथ पल्टनले आफुसँगै लगेको थियो । वि.स १८८५ मा सुगौली सन्धीपछि इलाममा क्याम्पस स्थापना गरी बसेको श्रीनाथ पल्टनको निशान १५ बर्षपछि पुनः स्थापना भएपछि उत्सवको आयोजना गरी भित्र्याइएको हो ।
निशान राख्नका लागी भनेर माइस्थान क्षेत्र धार्मिक विकास समिती र कालीध्वज गणको सहकार्यमा अ १३ लाखको लागतमा पुरानो निशान घरको जिर्णेदार गरिनुका साथै १२ लाख बढीको लागतमा माइस्थान मन्दिरमा तामाको छानो लगाइएको छ ।सेनाले आफनो पल्टन÷गणको सरुवा सँगै निसान लाने गरिएपनि इलाममा त्यसपछि फेरिएका गणहरुहरुले निशान लगेको थिएनन् ।
निसान पुर्नस्थापना समारोहमा नेपाली सेनाका कायममुकायम प्रधानसेनापती रथी बलदेवराज महत, पुर्व सभामुख सुवासचन्द्र नेम्वाङ, प्रहरी नायव महानिरिक्षक पंकज श्रेष्ठ, मेची अञ्चल प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक पिताम्बर अधिकारी लगायत सेना तथा प्रहरीका उच्च अधिकारीहरुको उपस्थिती रहेकाे थियाे।
निसान सुरक्षको लागी भनेर माइस्थान मन्दिरमा १०÷१२ जना सेनाको टुकडी समेत राखिने भएको छ । दैनिक निशानको पुजा गरिनेछ । निसानलाई शक्ति स्वरुप भगवतीको रुपमा पुज्ने चलन रहेको इतिहासविद्ध युद्धप्रसाद बैद्य बताउँछन ।